जाजरकोट, कार्तिक १७ - छिन्चु-जाजरकोट सडकको खलंगा-खोलेपुज्न खण्ड छेरागार खोला तर्न यात्रुलाईर् सास्ती भएको छ ।
सदरमुकाम मोटर पुगेको चार वर्ष वितिसक्दा पनि छेरा खोलामा बेलिबि्रज नबन्दा यात्रु मर्कामा परेका हुन् । तिहारको बेला आवतजावत गर्नेलाई झन् अप्ठ्यारो परेको छ । चाडपर्वमा घर जाने/आउने र सामान ल्याउने व्यापारीहरूको छेरागारमा भीड लाग्न थालेको छ । तुइन तर्नलाई पनि घन्टौं कुनुपर्ने बाध्यता छ ।
पुल नबन्दा स्थानीयहरू जोखिमपूर्ण तरिकाले तुइनबाट खोला वारपार गर्न बाध्य भएको बताउँछन् । तीन वर्षअघि बन्नुपर्ने उक्त अहिलेसम्म अलपत्र हुँदा सडक यातायात नियमित हुन सकेको छैन । दैनिक उपभोग्य बस्तुको मूल्य आकासिएको छ । भेरी नदीमा फेरी सञ्चालन र छेराखोला यातायातका साधनले पार गर्न सक्ने भएपछि प्रतिकिलो चार रुपैयाँमा आउने सामान आजभोलि प्रतिकिलो बीस पर्ने व्यापारीहरू बताउँछन् । जसका कारण प्रतिकिलो २० रुपैयाँ तथा नाफा जोडेर जिल्लामा दैनिक उपभोग्य बस्तु बिक्री वितरण हँुदा उपभोक्तालाई मर्का परेको छ ।
जाजरकोटका व्यापारीलाई सामान तार्नका लागि छेराखोलामा हप्तौं कुर्नु पर्ने बाध्यता भएको छ । व्यापारीलाई आफ्नो सामान कहिले तार्ने भन्ने चिन्ताले सताउने गरेको छ । उनीहरूलाई सामान तार्दा तुइन चुँडिने त्रासले पनि सताएको छ । तुइनवालाले एक पटकमा तीन क्विन्टलसम्म तार्ने गरेका छन् । यसबाट एकपटक वारपार गर्दा झन्डै २० मिनेट लाग्ने गरेको सञ्चालकले बताए । खोलामा गोदाम घर,
होटल नहुँदा पनि समस्या भएको व्यापारी तेज विक्रम शाहले बताए । उनले भने, 'नेपालगन्जबाट सामान लगेदेखि कसरी जाजरकोट पुर्याउने चिन्ताले पिरोल्छ ।'
तुइन स्थानीयले आफूखुसी सञ्चालन गरेका हुन् । तुइन सञ्चालनमा कार्कीगाउँ ५ का चार जनाको संग्लग्नता छ । काठबाट बनेको तुइन प्लास्टिकको डोरीमा झुन्ड्याएर यात्रु तथा सामान वारपार गर्ने गरिएको छ । 'पर्वको बेला तुइन तर्नेको भीड भएकाले सार्न भ्याइनभ्याई छ ।' सञ्चालक दलवीर रानाले बताए । उनले भने, 'तुइनबाट दैनिक १० हजारसम्म रकम असुल हुने गरेको छ ।'
तुइनबाट वारपार गर्दा प्रतिव्यक्ति २५ रुपैयाँ र सामानको प्रतिक्विन्टल ६० रुपैयाँसम्म तिनुपर्ने खलंगा ३ का वसन्त शर्माले बताए । तुइनमा झुन्डिएर ३ सय मिटर चौडाइ भएको छेरागार पार गर्नुपर्ने बाध्यता रहेको छ । यो पनि असोजदेखि मंसिरसम्म सञ्चालन गर्ने गरिन्छ । तुइनबाट वारपार गर्न बूढाबूढी, महिला, केटाकेटी तथा अपाङ्गलाई समस्या पर्ने गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks