Loving nepal news

Thursday, October 21, 2010

पूर्बमन्त्री साँवाको दाहसंस्कार आज गरिने

आनन्द गौतम
ताप्लेजुङ, कार्तिक ४ - पाँच दिन अघि मृत्यु भएका पूर्व मन्त्री एबम माओवादी केन्दि्रय कमिटी सल्लाहकार सदस्य अम्बिका साँवाको दाहसंस्कार बिहीबार गरिने भएको छ । काठमाडौको महाराजगंजस्थित प्रहरी प्रतिष्ठानमा राखिएका साँवाको दिउसो २ बजे पशुपतिआर्यघाटमा अन्तिम दाहसस्कार गरिने उनका भतिजा वालकुमारले बताए । साँवाको पार्थीव शरिर दिउसो १ बजेसम्म माओवादी केन्दि्रय कार्यालय पेरिसडाँडाँमा राखिने छ । साँवाको पार्थीव शरिरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताले पार्टीको झण्डा ओडाई श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ । साँवाको गत आइतवार उपचारको क्रममा काठमाडौंको मोडेल अस्पतालमा मृत्युभएको थियो । बिक्रम संवत १९९७ चैत्र महिनामा ताप्लेजुङको खोक्लीङ गाविसमा जन्मिएका साँवा नेकपा माले र राप्रपाको संयुक्त सरकारमा जनसंख्या तथा वातावरण मन्त्री भएका थिए । जिल्ल्ााकै दोश्रो जिल्ला सभापती र २०४६ पछि दुई पटकको निर्बाचनमा जिल्लाको क्षेत्रनम्बर २ वाट सांसदमा निर्वाचित भएका साँवा २०६२ सालदेखि माओवादीमा प्रबेस गरी भुमिगत राजनीतिमा लागेका थिए । साँवाका दुई छोरा र छ छोरी मध्ये हाल एक छोरा र छ छोरी छन । जेठा छोराको भने यस अघिनै मृत्यु भइसकेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks