Loving nepal news

Thursday, October 21, 2010

आज कोजाग्रत पूर्णिमा

कान्तिपुर संवाददाता

काठमाडौं, कार्तिक ५ - नेपालीहरूको महान् चाड बडादसैं आज कोजाग्रत पूर्णिमा देखि सम्पन्न हुँदैछ । यही असोज २२ गते प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादसैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा-आराधना गरी विसर्जन गरिँदैछ ।

सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ुको जागेको छ रुु भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण आज राति गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गर्दछन् ।

दसैँको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दसैंघर र कोतहरूमा राखिएका जमरा आज विसर्जन गरिन्छ ।

आज दिनभरि नै पूर्णिमा तिथि रहेकाले कोजाग्रत पूर्णिमाको व्रत लिने र भोलिदेखि आकाशदीप बाल्नुपर्ने कुरा पञ्चाङ्गमा उल्लेख छ ।

कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ ।कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूणिर्मासम्म अर्थात् एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलनअनुसार भोलिदेखि आकाशदीप बाल्ने र कात्तिक स्नान गर्ने गरिन्छ । रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks