कान्तिपुर संवाददाता
काठमाडौं, आश्विन २१ - एमाले विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा माधव ढुंगेलले अग्रता कायमै राखेका छन् । ढुंगेलसँगै अध्यक्षका अर्का प्रतिष्पर्धी सोभियत ढकाल नजिक-नजिक छन् ।
एमाले मुख्यालय बल्खुमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार ढुंगेलले ३५४ मत ल्याएका छन् भने सोभियत ढकालले ३ सय ३३ मत पाएका छन् । ढकाल संस्थापन पक्षका मानिन्छन् भने ढुंगेललाई बरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीको समर्थन छ ।
महासचिवमा भने ढकाल प्यानलका नरबहादुर धामी केही मतले अग्रस्थानमा छन् । धामीले २८५ मत पाएका छन् भने ढुंगेल प्यानलका किशोरविक्रम मल्लले २८० मत पाएका छन् ।
यसैबीच जारी मतगणनामा ९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । निर्वाचित हुनेमा नविन प्रधान, हरि थापा, कपिल आचार्य, सुमन ढुंगेल, नवराज खतिवडा, घनश्याम न्यौपाने, दानसिंह परियार, लिला रोकाया र धर्मेन्द्र रोकाया रहेको निर्वाचन समितिले जनाएको छ ।
अनेरास्ववियुको २० औं राष्ट्रिय अधिवेशन जनकपुरमा मंगलबार राति सम्पन्न भए पनि सुरक्षाको कारण मतपेटिका बुधबार राजधानी ल्याएको हो । मतदानमा एक हजार ८ सय ७२ मत खसेको छ ।
निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष अञ्चल, समावेशी तर्फका सदस्य गरी २ सय १ पदका लागि कुल ३ सय ५७ उम्मेदवार छन् । यसअघि नै दुई सचिवालय सदस्यसहित २६ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks