काठमाडौ, आश्विन १६ - नेपाली कांग्रेसले राष्ट्रिय सहमतिका लागि पार्टीको ठोस धारणा शनिबार सार्वजनिक गर्ने भएको छ । सिहंदरबार स्थित संसदीय दलको कार्यालयमा अपरान्ह दुई बजे पत्रकार सम्मेलन गरी कांग्रसले सहमतिका लागि स्पष्ट धारणा सार्वजनिक गर्न लागेको नेता रामचन्द्र पौडेलले बताए । साना काठमाडौ, आश्विन १६ - नेपाली कांग्रेसले राष्ट्रिय सहमतिका लागि पार्टीको ठोस धारणा शनिबार सार्वजनिक गर्ने भएको छ । सिहंदरबार स्थित संसदीय दलको कार्यालयमा अपरान्ह दुई बजे पत्रकार सम्मेलन गरी कांग्रसले सहमतिका लागि स्पष्ट धारणा सार्वजनिक गर्न लागेको नेता रामचन्द्र पौडेलले बताए । साना ११ दलसँग शुक्रबार छलफल गरेको कांग्रेसले उनीहरूकै सुझाव अनुसार शान्ति प्रकृया र संविधान नर्माणसँग जोडिएका विषयमा भरपर्दो सहमति भएपछि मात्र प्रधानमन्त्रीको उमेद्धारी फिर्ता लिने गरी पार्टीको धारणा सार्वजनिक गर्ने अनुमान गरिएको छ । प्रधानमन्त्री पदका एक्ला उमेद्धार पौडेलले बिगतका सहमति पूर्ण कार्यन्यवन नभएसम्म उमेद्धारी फिर्ता नलिने बताएका छन् । उनले माओवादीले हतियारको राजनीतिबाट अलग भई शान्तिपूर्ण मुद्दामा आउनुपर्ने बताए । नेपाली कांग्रेसले नयाँ सहमति मार्फत नयाँ ढंगबाट अघि बढ्न चारबुँदे आधार पत्र तयार पारेको छ ।
११ दलसँग शुक्रबार छलफल गरेको कांग्रेसले उनीहरूकै सुझाव अनुसार शान्ति प्रकृया र संविधान नर्माणसँग जोडिएका विषयमा भरपर्दो सहमति भएपछि मात्र प्रधानमन्त्रीको उमेद्धारी फिर्ता लिने गरी पार्टीको धारणा सार्वजनिक गर्ने अनुमान गरिएको छ । प्रधानमन्त्री पदका एक्ला उमेद्धार पौडेलले बिगतका सहमति पूर्ण कार्यन्यवन नभएसम्म उमेद्धारी फिर्ता नलिने बताएका छन् । उनले माओवादीले हतियारको राजनीतिबाट अलग भई शान्तिपूर्ण मुद्दामा आउनुपर्ने बताए । नेपाली कांग्रेसले नयाँ सहमति मार्फत नयाँ ढंगबाट अघि बढ्न चारबुँदे आधार पत्र तयार पारेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks