Loving nepal news

Thursday, October 21, 2010

लक्ष्य कीर्तिमान र पदक

कान्तिपुर संवाददाता

काठमाडौ, कार्तिक ४ - एघारौं दक्षिण एसियाली खेलकुद -साग) मा लामो दूरीको दौड -रोड रेस) मा स्वर्ण पदक विजेता राजेन्द्र भण्डारी अहिले अर्को उपलब्धि हात पार्ने तयारीमा व्यस्त छन् । 'कम ब्याक किङ' को पहिचान बनाएका आर्मीका धावक राजेन्द्रले गोन्जाऊमा कात्तिक २६ देखि मंसिर ११ सम्म हुने एसियाली खेलकुद -एसियाड) मा म्याराथनको २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्ने योजना बुनेका छन् ।

'२ घन्टा १५ मिनेटभन्दा अघि दौड पूरा गर्न चाहन्छु,' राजेन्द्रले भने, 'त्यस योजना पूूरा भएमा राष्ट्रिय कीर्तिमानका साथै पदकसमेत हात लाग्नेछ ।' म्याराथनमा राष्ट्रिय कीर्तिमान वैकुण्ठ मानन्धरको नाममा छ । लगातार तीनपल्ट दक्षिण एसियाली खेलकुदमा स्वर्ण हात पारेका वैकुण्ठले सन् १९८७ मा दिल्लीमा भएको दोस्रो सागमा २ घन्टा १५ मिनेट ०३ सेकेन्डमा दौड पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

मानन्धरको त्यस कीर्तिमान दक्षिण एसियामा अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । श्रीलंकामा सन् २००६ मा भएको दसौं सागमा राजेन्द्रले ३ हजार मिटर स्टेपल चेस र ५ हजार मिटर दौडमा स्वर्ण जितेका थिए । डोपिङमा पोजेटिभ भेटिएपछि उनका दुवै पदक गुमे र २ वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलजीवनको प्रतिबन्धसमेत बेहोनर्पर्‍यो ।

३ वर्षपछि राजेन्द्र पुनः खेलमा फर्किए र बंगलादेशमा यसै वर्ष भएको ११औं सागमा स्वर्ण पदक हात पारे । विश्व खेलकुद इतिहासमा असाधारण खेलाडीको परिचय दिन सफल राजेन्द्रले अझै खेलमा लागि रहने बताए । उनले एसियाडमा राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य रहेको बताए । रंगशालाको 'ट्रयाक' मा दैनिक अभ्यास गरिरहेका राजेन्द्रले चीनमा आत्माविश्वासका साथ दौडने बताए ।

'मैले अहिले २ घन्टा २० मिनेटमा म्याराथन पूूरा गरिरहेको छु । प्रतियोगितामा प्रतिस्पर्धा हुन्छ, जसले गर्दा मेरो समयमा पक्कै पनि सुधार हुन्छ,' राजेन्द्रले भने, 'गोन्जाऊको हावापानीमा पनि प्रदर्शन निर्भर हुन्छ ।' म्याराथनका लागि अभ्यास गर्दा सडकदौड, तल र माथि दौडने, उकालो मात्र दौडने, एउटै गतिमा कति लामो समयसम्म दौडन सक्ने र गति कहिले बढाउनेजस्ता कुरामा ध्यान दिनु अत्यन्त जरुरी हुन्छ ।

अभ्यासमा आफ्ना गुरु पुष्करध्वज ओझाले आप"mूलाई सिकाएको राजेन्द्रले बताए । यसपल्टको दसैंमा राजेन्द्र घरसमेत गएनन्, अभ्यासमा नै व्यस्त भए । 'अभ्यासमा मेरो जोड छिटोभन्दा छिटो दौडनु नै हो,' राजेन्द्रले भने । पहिलोपल्ट एसियाड खेल्न जाने लागेका भए पनि राजेन्द्रमा अन्तर्राष्ट्रिय अनुभव प्रशस्त छ । प्रशिक्षक पुष्करले राजेन्द्रले एसियाडमा पदक ल्याउने सक्ने बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks