Loving nepal news

Friday, October 29, 2010

एमालेले मलाई भोट दिनुपर्छः पौडेल


खिम घले

काठमाडौं, कार्तिक १२ -

कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले वर्तमान सत्ता गठबन्धनलाई कायमै राख्दै एमालेले आफूलाई मत दिनुपर्ने बताएका छन् ।

१४ औं चरणको प्रधानमन्त्री निर्वाचनपछि संसद् भवनबाट बाहिरिएका पौडेलले बिहीबार सञ्चारकर्मीसित भने, 'कि सहमति गर्नुपर्छ नभए अहिलेको गठबन्धनमा रहेको प्रधानमन्त्रीको दल (एमाले)ले भोट हाल्नुपर्छ, निकास निस्किहाल्छ ।'

बिहीबार बिहान भएको तीन दलका शीर्ष नेताहरुको बैठकमा पनि सहमति गर्ने समझदारी भएको उल्लेख गर्दै पौडेलले सहमति गर्न नसक्ने भए आफूलाई भोट हाल्नैपर्ने बताए । उनले आफूले उम्मेदवारी फिर्ता लिनेबारे केही पनि बताएनन् ।

१४ पटकसम्म भएको प्रधानमन्त्री निर्वाचनमा पराजय भोगेका पौडेलले जति पटक चुनाव भए पनि आफू प्रधानमन्त्री हुनुपर्ने बताए । '१५ औं चरणको होस् कि अर्को चुनावमा होस् मलाई भोट लगाएर प्रधानमन्त्री चयन गर्नुपर्छ,' उनले भने ।

सरकार बन्न नदिने 'नियोजित षड्यन्त्र'

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार बन्न नदिने 'नियोजित षड्यन्त्र' भएको बताएका छन् ।

१४ औं चरणको प्रधानमन्त्री निर्वाचनपछि संसद् भवनबाट बाहिरिएका नेता श्रेष्ठले चुनावको नाममा अड्काउनु 'नियोजित षड्यन्त्र' रहेको आरोप लगाए ।

उनले सहमति निर्माण गरी सरकार बनाउने अभियानमा केन्द्रित रहन सवै राजनीतिक दलहरुलाई आग्रह गरे । दलहरु गम्भीर नभए मुलुक गम्भीर दुर्घटनामा फँस्ने उनले बताए ।

१४ औं पटक पनि पौडेल प्रधानमन्त्री चुनिएनन्

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks