दोलखा-, आश्विन २१ - बलात्कार गर्न खोज्ने युवकको हत्या गरी दोलखाको दक्षिणी गाउँ गैरीमुदीकी एक महिला खुकुरीसहित जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेकी छिन् ।
बुधवार राति ११: ३० बजे गैरीमुदी-३ की ३० बर्षीया कमला गोलेले सोही गाविस- ४ बस्ने ३२ बर्षीय किरण घिसिङको हत्या गरेकी हुन् । हत्या गर्नेवित्तिकै रातभरी हिडेर विहीवार विहान ५ बजे आफै जिल्ला प्रहरी कार्यालय आइ आत्मसमर्पण गरेको प्रहरी नायव उपरिक्षक धिरजप्रताप सिंहले बताए । श्रीमान मलेसिया गएको बेला बलत्कार गर्न आएपछि आफ्नै नन्दको श्रीमान किरणको हत्या गरेको स्वीकारेको प्रहरीको भनाई छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks