अबधेशकुमार झा
इनरुवा, कार्तिक १ - संस्कृति मन्त्री मिनेन्द्र रिजालले सर्वदलीय संयन्त्र मार्फत वजेट ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।
वजेट नआउदा देशको अर्थ ब्यबस्था अस्तब्यस्त भएकोले कार्तिकको पहिलो साता सम्म सहमति जुटाइ सर्ब दलिय संयन्त्र मार्फत बजेट ल्याउने तयारी भएको मन्त्री रिजालले बताए । सुनसरीको भोक्राहामा उराव जातिको जतराकरम पुजा र ब्रहमदेब उराव स्मृती प्राबिको उदघाटन पछि सोमबार कान्तिपुरसित कुरा गर्दै मन्त्री रिजालले नया सरकारले नै बजेट ल्याउनुपर्छ भन्ने पक्षमा आफु रहेपनि अब अति ढिलो भइसकेकाले सर्बदलिय संयन्त्र मार्फत वजेट ल्याउनुको बिकल्प नभएको बताए ।
प्रधानमन्त्री उम्मेदवार नेता रामचन्द्र पौडेल मात्र वााकी रहेको अबस्थामा उनलाई नै सबैले मत दिएर राजनैतिक गतिरोधको निकास दिनुपर्ने मन्त्री रिजालको कथन थियो । एक अर्को प्रसंगमा कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री रिजालले चाडै केन्द्रीय समिति बिस्तार हुने बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks