दीपेन्द्र विष्ट
काठमाडौ, कार्तिक ४ - संविधानको विवादित विषय टुंग्याउने कार्यदल सहयोगी समूहको छलफलमा न्यायपालिकाका विवादित विषयमा सहमति जुटन नसकेपछि बैठक निष्कर्ष विहीन भएको छ । बिहीबार विहान राज्य व्यवस्थापिकाको कार्यालय सिंहदरबारमा बसेको बैठकमा माओवादीले न्यायपालिकाको व्याख्या व्यवस्थापिका अन्र्गतको विशेष समितिले गर्नु पाउनु पर्ने अडान कायम राखेपछि सहमति जुटन नसकेको नेमकिपाका नेता सुनिल प्रजापतिले कान्तिपुरलाई बताए । 'माओवादी बाहेक अन्य दलले शक्तिपृथकीकरण'को सिद्धान्त अपाइने सकेपछि न्यायपालिका स्वतन्त्र हुनपर्छ' उनले भने, 'तर माओवादीले न्यापपालिकाको व्याख्या जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले गर्नु पाउनु पर्ने अडान राखे ।'राज्यको शासकीय स्वरुप निर्धारणमा दलहरुबीच सहमति जुटे पनि निर्वाचन क्षेत्र निर्धारणको आधार जनसंख्या मान्ने कि भूगोल र न्यायप्रणाली कस्तो बनाउने भन्ने विषयमा सहमति जुटन सकेको छैन । नेता प्रजापतिले माओवादी र अन्य दलबीच न्यायपालिका सम्बन्धी थप छलफल गरेर सहमतिमा पुगिने बताए । उनले भने, हामी थप छलफल गर्दै छौं, निष्कर्षमा पुगिन्छ । सहयोगी समूहका अर्का सदस्य एमाले नेता भरतमोहन अधिकारीले चांडै सहमति जुट्ने बताए । 'विवादित सबै विषयमा चांडै सहमति जुटछ' उनले भने, 'माओवादी न्यायप्रणालीको विषयमा लचिलो हुन्छ ।' आजै अपराहन्ह तीन बजेतिर कार्यदलको बैठक बस्दै छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks