Loving nepal news

Saturday, October 2, 2010

परीक्षा दिन आएका हतियार सहित पक्राउ

प्रतिमा बाँस्कोटा
काठमाडौ, आश्विन १६ - एमबीबीएस इन्ट्रान्स परीक्षा दिन आएका विद्यार्थीलाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग गौशालाले एमबीबीएस परीक्षामा सहभागी हुन आएका नेपाली र भारतीय गरी १६ जनालाई दुई वटा पेस्तोल र दुई वटा म्यागजिन र त्यसको ९ राउण्ड गोली सहित पक्रेको छ ।
उनीहरुबाट ५० हजार नेपाली रुपैंयाँ, २५ सय चाइनिज युआन, ७ हजार ५ सय भारतीय रुपैयाँ समेत बरामद गरिएको गौशाला प्रभागका प्रहरी निरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
एमबिबिएसको प्रश्नपत्र लिकेज हुदैछ भन्ने सुचनाका आधारमा छापा मार्न जादाँ हतियार बरामद भएको राठौरले बताए । हतियार मेड इन यूएसए लेखिएको छ ।
सुराकीका आधारमा प्रभागले मैती देबी स्थित किशोर टण्डनको घरमा शुक्रबार राति १ बजे छापा हानेर उनीहरुलाई पक्राउ गरिएको हो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks