दीपेन्द्र बडुवाल
भरतपुर, आश्विन १९ - माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ सरकार निर्माणका लागि कांग्रेसले राखेका सर्त हलो अडकाएर गोरु चुटने कुरा मात्रै भएको आरोप लगाएका छन् ।
मंगलबार बिहान भरतपुरको ग्लोबल होटलमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनंले कांग्रेसको सर्त पुरानै अडानको पुनराबृति भएको बताए ।
'सर्त मान्य हुदैन' उनेले भने, 'बसेरै सहमति गरौं।' सर्त छाडेर छलफल गरे निकास चाँडो निस्कने बताउदै उनले सरकार गठन नहुनुमा भारतीय हस्तक्षेप मुख्य कारक भएको दाबी गरे । ।
केही दलको आत्म समर्पणवादी चरित्रका कारण भारतीय हस्तक्षेप हाबी भएको श्रेष्ठको धारणा छ । दसै अगाडी नयाँ सरकार गठन गरी त्यही सरकाले बजेट ल्याउने उनले बताए । काम चलाउ सरकारले ल्याउने पूर्ण बैठक माओवादीलाई मान्य नहुने श्रेष्ठले बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks