Loving nepal news

Saturday, October 9, 2010

माओवादीलाई सहमतिमा आउन काँग्रेस महामन्त्रीको आग्रह

काठमाडौ, आश्विन २३ - काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले नयाँ संविधान निर्माणका लागि सबै पक्षको सक्रियता आवश्यक भएको बताएका छन् ।

विजया दशमी र शुभ दिपावलीका अवसरमा पुतली सडक क्लबद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा महामन्त्री सिंहले संविधान निर्माणका लागि सबै दल एकजुट हुनुको विकल्प नरहेको उल्लेख गर्दै माओवादीलाई सहमतिमा आउन आग्रह गरे ।

त्यस अवसरमा बहिरा सभासद् रघुवीर जोशीले नयाँ संविधानमा अपाङ्गको समस्या पनि सम्बोधन गरिनुपर्ने विचार व्यक्त गरेका थिए ।

सो अवसरमा क्लबले रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । पुतली सडक इलाकामा काम गर्ने २५ जना भरिया तथा १५ जना सडक बालबालिकाको स्वास्थ्य परीक्षण र उनीहरूलाई औषधिसमेत वितरण गरिएको थियो । रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks