पाल्पा-, कार्तिक १ - पाल्पाको भुवनपोखरी गाविस, ९ बस्ने १४ वर्षीय बालक कुशल भटराईको सोमवार करेन्ट लागेर मृत्यु भएको छ । भुवनपोखरीको छिमेकी अर्घाखाची जिल्लाको खिदीम गाविसमा ठुलीआमाको घरमा टिका लगाउन आईतवार गएका भटराईको करेण्ट लागेर सोमवार विहान ज्यान गएको स्थानीय अच्यूत गौतमले जानकारी दिए । अर्घाखाचीको खिदीम गाविस वाड नं ८ को किर्तीपिपल भन्ने स्थानमा खेल्दा खेल्दै नजिकै रहेको बिजुलीको ट्रान्सफरमरमा जादा करेण्ट लागेर वालकको ज्यान गएको बताईएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks