Loving nepal news

Tuesday, October 12, 2010

पत्थरकट्टा जातिलाई दसैंको पिरलो

मनोज पौडेल

कपिलवस्तु-, आश्विन २७ - लोहोरो, सिलौटो बनाएर जीविकोपार्जन चलाउँदै आएका यहाँका पत्थरकट्टा जातिलाई दसैंको रौनकले छोएको छैन । अन्य समुदायलाई दसैंका बेला किनमेलको चटारो भए पनि उनीहरूलाई चाहिं हातमुख जोर्ने समस्या छ ।

पत्थरको लोहोरो, सिलौटो बनाएर बिक्री गरी जीविकोपार्जन गर्ने यो जातिको पेसा संकटमा परेकाले आम्दानीको स्रोत छैन । त्यही भएर उनीहरूलाई दसैंको रौनकले नछोएको हो । मसला पिस्ने मेसिनको प्रचलन बढ्दै गएकाले उनीहरूको पेसा संकटमा परेको हो ।

साँझ काम नगरे बिहान खान नपुग्नाले चुलोचौको व्यवस्थातिर लाग्नुपरेको कपिलवस्तु नगरपालिका-४ बस्ने पत्थरकट्टाहरू बताउँछन् । यहाँ १० घर यो जातिको बसोवास छ ।

उनीहरूले १० वर्ष यताबाट दसैं मनाउन नपाएको गुनासो गरे । 'दसैं मनाउन त मन लाग्छ तर के गर्ने रकमको जोहो गर्न नसक्दा नरमाइलो लागेर बस्नुको विकल्प नभएको अर्का रामजित पत्थरकट्टाले बताए । जहदी गाविसका रामकेवल पत्थरकट्टाले मुख निन्याउरो पार्दै भने, 'एकसरो नयाँ कपडा, अनि एक छाक मासु

र रातो टीका लगाएर परिवारसँग दसैं मनाउने रहर त छ तर अभावका कारण अहिले पनि त्यो सपना

भएको बताए ।

गाउँदेखि सहर-बजारसम्म अहिले मसला पिस्ने मिक्स्चर, ग्राइन्डर मेसिन र पकेट मसलाको प्रयोग बढेकाले पत्थरका सामग्रीले बजार पाउन समस्या भइरहेको हो । जिल्लाका एक दर्जन गाविस र नगरपालिकामा गरी १ सय ९५ पत्थरकट्टा परिवार रहेको राष्ट्रिय जनगणना २०५८ को विवरणमा छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks