इनरुवा, कार्तिक २ - बोक्सीको आरोपमा सुनसरी बबियाकी एक महिलालाइ स्थानियले दिसा घोलेर खुवाएका छन् । दिसा घोलेर खुवाइएपछि बिक्षिप्त वनेकी ती महिला त्रासका कारण घर वाहिर निस्कन सकेकी छैनन । घटनावारे स्थानिय प्रसासन वेखवर छन् । सुनसरी बबिया-९ की ५८ वर्षीय चैती चौधरीलाइ बोक्सीको आरोपमा दिसा घोलेर खुवाइएको हो ।
गत भदौ २८ गते स्थानिय बनहु चौधरीको श्रीमतीको मृत्यु भएको निहुमा चैतीले बोक्सी मन्त्र लगाएर मारेको भन्दै स्थानिय बनहु चौधरी , सुनिल चौधरी , श्रवण चौधरी , हरिलाल चौधरी र किसोर चौधरी सहितको समुहले वडा दशैको सातौ दिन अर्थात सप्तमीका दिन आफुलाइ दिसा घोलेर खुवाएको पीडित चैतीले बताए । बनहुको श्रीमती मरेको वारे टोलमा देउता खेलाउदा चैतीले बोक्सी मन्त्र लगाएर मारेको भनेको भन्दै स्थानियले ग्लासमा दिसा घोलेर खुवाएको उनले बताए ।
एक छोराकी आमा समेत रहेकी बिधवा चैतीलाइ दिसा खुवाइएपछि अहिले उनी बिक्षीप्त वनेकी छिन । त्रासका कारण उनि घर वाहिर समेत निस्कन सकेकी छैनन् । कुटपीट गर्ने त्रासका कारण आफु घर वाहिर निस्कन नसकेको उनले बताए । घर वाहिर निस्कन नसकेकी उनले हिजो स्थानिय संचारकर्मी र मानव अधिकारकर्मीलाइ घटनावारे जानकारी गराएकी छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले घटनावारे सुनेको तर बिस्तृत जानकारी वा उजुरी नआएको बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks