रमेशचन्द्र अधिकारी
धनकुटा-, कार्तिक १३ - शान्ति तथा पुननिर्माणमन्त्री रकम चेम्जोङ्ले माओवादी हतियार, सत्ता र सेना कब्जा गर्न रणनीतिक योजनामा तल्लिन रहेको आरोप लगाएका छन् ।
द्वन्दरत अवस्थामा क्षतिग्रस्त धनकुटाको पाखि्रबास गाविसको नवनिर्मित भवनको उद्घाटन गर्ने क्रममा शनिबार अपरान्ह मन्त्री चेम्जोङ्ले उक्त कुरा बताएका हुन् । क्यान्टोनमेन्टमा माओवादी लडाकु रहेसम्म कुनै पनि हालतमा शान्ति प्रकृया निश्कर्षमा नपुग्ने उनले ठोकुवा गरे ।
चेम्जोङ्ले लडाकू क्यान्टोन्मेन्ट बाहिर हुनु पर्ने भन्दै उपयुक्त वातावरण मिलाउन माओवादी समेत सकारात्मक हुनु पर्नेमा उनले जोड दिए ।
द्वन्द कसैले नचाहेको भन्दै शान्ति प्रकृयाका लागि माओवादी मुख्य वाधक रहेको उनले दावी गरे । माओवादी अर्गेल्याईका कारण शान्ति प्रकृया अल्भिmएको उनको भनाई थियो । सरकार बनाउन लिगलिगे दौड गरेर मात्र नहुने भन्दै राजनैतिक सहमतिबाट मात्र सरकार बन्ने उनको धारणा थियो ।
वर्तमान संकटको निकास तथा बजेटका लागिसमेत राजनैतिक दलबिच सहमति आवश्यक रहेको भन्दै यसका लागि राष्ट्रिय सहमति एक मात्र विकल्प रहेको उनको भनाइ थियो । यसैगरी शान्ति मन्त्रालयले द्वन्दरत अवस्थामा क्षतिग्रस्त भएका भवन तथा भौतिक निर्माण कार्य तिब्र रुपमा भइरहेको चेम्जोङ्ले जानकारी दिए ।
यस अघि उनले लेगुवा गाविसस्थित अरुणोदय माविको भवनको समेत उद्घाटन गरेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks