Loving nepal news

Sunday, October 3, 2010

पर्यटन वर्षका लागि संयुक्त पर्वतारोहण

काठमाडौ, आश्विन १८ - पर्यटन वर्षमा बंगलादेशी पर्यटकको आगमन वृद्धि गर्ने र सम्बन्ध बलियो बनाउन नेपाल र बंगलादेशका आरोहीले संयुक्त रूपमा पर्वतारोहण गर्ने भएका छन् ।
उनीहरूले गौरीशकंर हिमाल शृंखलामा पर्ने ६ हजार २ सय ५७ मिटर अग्लो चेकिगो हिमाल चढ्ने आइतबार आयोजित कार्यक्रममा जानकारी दिइयो । टोलीमा ९ जना बंगलादेशी र नेपाली गरी १४ जना छन् । यो हिमालमा यसअघि विभिन्न ५ टोलीले आरोहण प्रयास गरे पनि सफल भएका थिएनन् । 'हामी प्रयास गर्दै छौं,' बंगलादेशी टोलीनेता मोहम्मद मोहितले भने, 'आशा छ सफल हुन्छौं ।'
हिमाल आरोहणपछि सहभागी आरोहीले आफ्नो देशमा गई नेपाल र यहाँको प्राकृतिक सौन्दर्यबारे प्रचारप्रसारसमेत गर्नेछन् । यो दुई देशको मित्रताको प्रतीक बन्ने बंगलादेश दूतावासकी द्वितीय सचिव नसरिन लिपीले बताइन् । 'यसरी २०११ को प्रवर्द्धनका लागि सहयोगी बन्न पाउँदा खुसी लागेको छ,' उनले भनिन्, 'हामीलाई सहयोग आवश्यक हुँदा अन्य मुलुकभन्दा अगाडि नेपाल सहमत हुने गरेको छ, यो मित्रतालाई अझ बलियो बनाउन नयाँ काम पनि गर्न सकिन्छ ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks