कान्तिपुर संवाददाता
काठमाडौ, कार्तिक ४ - क्यानाडा सरकार र क्यानाडा बार एसोसिएसनको निमन्त्रणामा ११ प्रतिनिधिको टोली सहित क्यानाडा पुगेको सभामुख सुवास नेम्बाङले त्याहाँका विशिष्ट अधिकारीहरूसित भेट गरेका छन् ।
सभामुख नेम्बाङले क्यनाडाका सभामुख पिटर मिलिकनसित भेटवार्ता गरेका छन् । क्यानाडाको संघीय संसद भवनमा भएको भेटमा दुई देश बीच संसदीय मैत्री समूह गठन, आपसी हितका विषयहरू लगायतका विषयमा उनले छलफल गरेका छन् ।
नेम्बाङले क्यानेडियन समकक्षीलाई नेपाल भ्रमणको गर्न निमन्त्रणा समेत गरेका छन् । उनले क्यानाडाका संघीय न्यायमन्त्री रब निकोल्सनबीच पनि भेटवार्ता गरे । यसैबीच अटवा विश्वविद्यालयमा नेपाली प्रतिनिधि मण्डल र क्यानेडियन विज्ञहरूबीच संविधान निर्माण क्रममा हुने कठिनाइमा समाधान गर्ने उपाय, संघीय तथा प्रान्तीय प्रशासनका विविध पक्ष, शक्ति सन्तुलन, साधन स्रोतको बाँडफाड र तिनका संस्थागत विकास लगायत विषयमा अन्तरक्रिया समेत गरिएको छ । उक्त अवसरमा सभामुख नेम्बङले नेपालको जारी शान्ति प्रकृया र नयाँ संविधान निर्माणको गति लगायत सेना समायोजन सम्बन्धि प्राप्त उपलब्धि र समाधानका बारे चर्चा गरे ।
स्थानीय नेपालीहरूले राखेका जिज्ञासाको जवाफ दिदै नेम्बाङले स्वदेसमा लगानी बढाउन र २०११ को पर्यटन वर्षलाई सफल पार्न सहयोग गर्न अनुरोध गरेका छन् । उनले एनआरएनले राखेको मागप्रति संविधानसभा सकरात्मक रहेको बताए ।
बुधबार नेम्बाङको टालीले क्यानाडाको विपक्षी दलका नेता तथा ओन्टेरियो प्रान्तका भूतपूर्व पिरमियर बब रेय र सिनेटर हृुग सेगलसित पनि भेटवार्ता गरेका छन् । संविधान निर्माण प्रकृयामा राजनीति र राजनीतिक दलहरूको भूमीकाबारे भेटमा छलफल गरे ।
आज बिहीबार नेपाली प्रतिनिधि मण्डलले टारन्टो विश्वविद्यालयमा संविधान र संवैधानिक कानून विज्ञहरूसँग संघीय तथा प्रान्तीय सरकारको सम्बन्ध लगायत विषयमा छलफल गर्ने कार्यक्रम छ ।
क्यानाडाको करिब एकसाता लामो भ्रमणमा रहेका नेम्बाङले टोरन्टोमा नेपाली प्रतिनिधि मण्डल, अन्टेरियो प्रान्तिय सरकारका उच्च अधिकारीहरू र विधायकहरूसित भेट गर्नेछन् । अटवा स्थित नेपाली दुतावासका अनुसार त्यहाँका नेपाली सामुदायका संगठनहरूसँग समेत नेम्बाङले भेट गर्ने कार्यक्रम रहेको छ ।
अटवाबाट शालिग्राम अर्याल
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks