रौतहट, आश्विन २५ - बेबारीसे सुतली बम खेलाउँदा रौतहटको अजगैबी गाबिसमा आईतबार साँझ दुई नाबालीका घाइते भएकी छन् । घाइतेहरुको गौर अस्पतालमा उपचार भईरहेको छ ।
अजगैबि गाबिस स्थित खेतको बीचमा बेबारीसे अबस्थामा रहेको सानो टिनामा फिट गरेको बम खेलाउदा अजगैबि गाबिसका १२ वर्षीया रञ्जुकुमारी कुश्वाह र १० वर्षीया बिन्दु राउत घाइते भएको प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले बताए । घट्नास्थलमा पुगेका प्रहरी उपरीक्षक अधिकारीले बेबारीसे अबस्थामा खेतको बीचमा रहेको बम खेलाउदा घाइते भएका नाबालीकाको टाउको र शरीरमा छर्राले चोट लागी समान्य घाइते भएकाले उपचारको लागी गौर अस्पताल लगेको जानकारी दिए ।
सानो टिनको डिब्बा भित्र ढुङ्गाको टुक्रा राखेर बनाएको बम भएकोले ठुलो क्षति नभएको प्रहरीले बताएको छ । खेलौना सम्झेर दुई नाबालीकाले खेलाए पछि बिस्फोट भएको स्थानियबासीले बताएका छन । अस्पतालमा उपचार भइरहेको नाबाीका खतरा मुक्त रहेको गौर अस्पतालले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks