स्याङ्जा, कार्तिक ४ - पक्राउ गरिएका युवालाई सार्वजनिक गर्न माग गर्दै प्रहरी कार्यालय पुगेका स्थानीयमाथि लाठी चार्ज गरेपछि व्यवसायीहरुले बिहीबार दिउसोदेखि अनिश्चितकालिन स्याङ्जा बन्द घोषणा गरेका छन् ।
प्रहरीले बिना कारण ज्यादती गरेको भन्दै जिल्ला बन्दको घोषणा गरिएको हो । उद्योग बाणिज्य संघ स्याङ्जाको संयोजकत्वमा प्रशासनसंग छलफलको लागि एक समिति पनि गठन गरेको छ ।
बुधबार राती रक्सी खाएका केही युवाले पुतलीबजारस्थित पसलहरु बन्द गराउदै हिडेंपछि ति मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरेकालाई र्सार्वजनिक गर्न माग गर्दै स्थानीय व्यवसायीसहितको एक समुह बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
भीड बढ्दै गएपछि प्रहरीले लाठी चार्ज गर्दा स्थानीय मोहम्मद रसिदसहित सात जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार गराइएको छ भने व्यवसायीहरुले अनिश्चितकालिन जिल्ला बन्दको घोषणा गरेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks