दाङ, आश्विन २२ - दाङको सैघा गाबिस ५ खोलीगाउका ६ जना स्कूले बालक दुई दिनदेखि बेपत्ता भएका छन् । प्रावि खानीगाउमा अध्ययनरत ती विद्यार्थीहरु बुधबार विद्यालय गएको र अहिलेसम्म नफर्केको अभिभावकहरुले जानकारी दिएका छन् । यसरी बेपत्ता हुनेहरुमा ६ वर्षीय शंकर रोका, ७ वर्षीय आकाश पुन, ९ वर्षीय बिशाल गुरुङ, ६ वर्षीय जयबहादुर बुढा, १४ वर्षीय सन्तोष घर्ती र ११ वर्षीय बिजय पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालयले उनीहरुको खोजी भइरहेको जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks