कान्तिपुर संवाददाता
दाङ, कार्तिक १० - थारू आदिवासीको सामुदायिक संस्था थारु कल्याणकारिणी सभाको २० औं महाधिवेसन बुधबार घोराहीमा सुरु भएको छ । महाधिवेशनको उदघाटन प्रधानमन्त्री माधवकुमार नेपालले गरे ।
उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री नेपालले नयाँ प्रधानमन्त्री चयन हुन नसकेकोमा आफू चिन्तित भएको बताए । धेरैपटक निर्वाचन हुँदा र सहमतिको अनेक प्रयास गर्दा पनि नयाँ प्रधानमन्त्री चयन हुन नसक्नु दुःखको कुरा भएको उनको भनाइ थियो । उनले तत्काल दलहरुले सहमति कायम गरी नयाँ प्रधानमन्त्री चयन गर्नैपर्ने उल्लेख गरे ।
'यही अबस्था लम्बिरहे देशमा संकट उत्पन्न हुन्छ' उनले भने । महाधिवेशन उदघाटन कार्यक्रममा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले महासचिव इश्वर पोख्रेलका साथै अन्य थारु सभासद्हरुको सहभागिता थियो ।
तीन दिनसम्म चल्ने महाधिबेशनमा तराईका २४ जिल्लाका ५ सय भन्दाबढी प्रतिनिधि सहभागी छन् । उदघाटन कार्यक्रममा बिभिन्न जिल्लाका ५१ वटा साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks