कान्तिपुर संवाददाता
काठमाडौं, कार्तिक ११ - पूर्व अर्थमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य भरतमोहन सरकारले कामचलाउ सरकारले ल्याएको बजेटमा चित्त नबुझे नयाँ सरकारले पुनः बजेट ल्याउन सक्ने बताएका छन् ।
माओवादीले कामचलाउ सरकारसँग बजेट ल्याउने संवैधानिक अधिकार नभएको बताउँदै नयाँ सरकारलेमात्र बजेट ल्याउने अडान लिइरहँदा अधिकारीको यस्तो तर्क अघि सारेका हुन् । 'म अर्थमन्त्री हुँदा महेश आचार्यले असारमा ल्याएको बजेट बन्द गराएर पुषमा बजेट ल्याएको थिएँ,' उनले बिहीबार रिपोर्टर्स क्लवमा स्मरण गरे ।
बजेट नआए मुलुकमा अराजकता मच्चिने उल्लेख गर्दै अधिकारीले नयाँ सरकार कुरेर बस्ने अवस्था नरहेको बताए । दलहरुवीच विवादित रहेको विषयमालाई बजेटमा नराखी सहमतिका साथ बजेट ल्याउनु पर्ने सुझाव दिए । अधिकारीले नीति तथा कार्यक्रम विना बजेट ल्याउन कसैले रोक्न नसक्ने दावी गर्नु भएको छ । 'कुनै नियम ऐनले कार्यक्रम नल्याई बजेट ल्याउन छेक्दैन,' उनले भने, 'कार्यक्रम नल्याई बजेट ल्याउन सकिन्छ ।'
पूर्व अर्थमन्त्री एवम् राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकासचन्द्र लोहनीले भने कामचलाउ सरकारलाई नीति तथा कार्यक्रम र पूर्ण बजेट ल्याउन सक्ने हैसियत नभएको बताए । नयाँ सरकार बन्न नसकेको अवस्थामापूजिगत निर्माण र आवश्यकीय क्षेत्रमा खर्च गर्न पाउने गरेर प्राथमिकता तोकी सीमित आकारको बजेट ल्याउनमात्र पाउने दाबी गरे ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks