कान्तिपुर संवाददाता
काठमाडौं, कार्तिक १० - भूमिसुधार तथा ब्यवस्था मन्त्री डम्बर श्रेष्ठले पूर्व राजपरिवारको नाममा रहेको गुठीहरु तत्काल खारेज गरिने बताएका छन् । पूर्व राजपरिवारको नामबाट गुठी कायम रहनु गणतन्त्रबादीहरुका लागि लज्जास्पद भएको उनको भनाइ छ ।
'भोली १२ बजे मन्त्रालय आउनुस्, मन्त्रीस्तरीय निर्णयबाट हुने भए भोलि नै निर्णय गरिदिन्छु,' रिपोर्टर्स क्लवमा बुधबार मन्त्री श्रेष्ठले भने । अब नेपाली जनताले श्री ५ को नामबाट कुनै तिरो तिर्नु नपर्ने उल्लेख गर्दै उनले जनताले तिरो तिर्ने काम अन्त्य गर्ने जानकारी दिए ।
एमाले पोलिटब्यूरो सदस्य गंगालाल तुलाधरले श्री ५ को बायू गुठी मन्त्रीस्तरीय निर्णयबाट हटाउन सकिने दावी गर्दै त्यहाँबाट नहुने भए प्रधानमन्त्री माधवकुमार नेपाललाई भनेर पनि हटाई छाड्ने दृढता ब्यक्त गरे । 'राजतन्त्र बायू बनेर आउने बेला भइसक्यो, यस्तो बेला श्री ५ को नाममा तिरो तिर्नु लज्जास्पद कुरा हो,' उनले भने ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks