Loving nepal news

Saturday, October 16, 2010

टीकाको साइत १० : ४३ बजे

कान्तिपुर संवाददाता

काठमाडौं , आश्विन ३१ - यस वर्ष विजयादशमी टीकाको साइत आइतबार बिहान १० बजेर ४३ मिनेटमा परेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिका सदस्य-सचिव सूर्य ढुंगेलका अनुसार दशमीका दिन सबैभन्दा राम्रो साइतमा लगाउनेका लागि १० बजेर ४३ मिनेट भए पनि देवीको प्रसादका रूपमा मान्यजनहरूबाट टीका लगाएर आशीर्वाद लिन/दिन दशमीका दिनदेखि कोजाग्रत पूणिर्मासम्मै उत्तम मानिन्छ ।

विजयादशमीका अवसरमा गरिने देवी विसर्जन पूजा भने बिहान ८ बजेर ४७ मिनेटमा राम्रो हुने बताइएको छ । त्यस्तै समितिका अनुसार ११ बजेर ५ मिनेटमा खड्ग यात्रा र श्री तुलजा भवानी यात्राको पनि साइत परेको छ । शिरासनको साइत भने ११ बजेर ४१ मिनेटमा छ । देवीलाई राखेको स्थानबाट रथमा राखी घुमाएर पुनः सोही स्थानमा लगेर राख्ने कार्यलाई शिरासन भनिन्छ । कात्तिक ५ गते शुक्रबार कोजाग्रत व्रत परेको छ । कोजाग्रतलाई नसुती जाग्राम बस्ने दिन मानिन्छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks