राजविराज-, कार्तिक ८ - विवादले स्थगित सप्तरी कांग्रेसको अधिवेशन कार्यक्रम अन्तर्गत आइतबार सभापतिका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सभापति, सचिव, कोषाध्यक्ष र ३० सदस्य गरी ३३ जना कार्यसमितिका लागि ८७ ले चार वटा प्यानलमा उम्मेदवारी दिएका छन् । देउवा पक्षबाट सभापतिमा दिनेशकुमार यादव, सचिवमा सबुरलाल साह र कोषाध्यक्षमा शम्भुकुमार झा र संस्थापन पक्षबाट सभापतिमा रामु यादव, सचिवमा रामुदेव साह र कोषाध्यक्षमा आशाराम चौधरीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै सभापतिमै सुरेन्द्र यादव र पवनकुमार सिंहले पनि आपmना प्यानल बनाई उम्मेदवारी दिएका छन् । पूर्व जिविस सभापति समेत रहेका दिनेशकुमारको प्यानलबाट कोषाध्यक्षका उम्मेदवारी दिने शम्भु झा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् ।
यसैगरी यहाँ ६ महिला र २४ खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने ३० सदस्य पदका लागि ७५ जनाले मनोनयन दर्ता गराएको निर्वाचन समिति संयोजक दिपक गुप्ताले जनाए ।
१ हजार १ सय ४८ मतदाता रहेको सप्तरी जिल्लामा सभापति पदमा प्रत्यासीले निर्वाचित हुन मतदानको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान छ । चार जना सभापति पदका उम्मेदवार रहेकाले पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्ने सम्भावना कमै रहेको कांग्रेस कार्यकर्ता बताउँछन् ।
दुई दिनको प्रचारपछि कार्तिक ९ गते बिहान ८ बजेबाट मतदान हुने कार्यक्रम रहेको निर्वाचन समितिले जनायो । सभापति पदका कुनै उम्मेदवारले पहिलो पटकमै ५१ प्रतिशत मत प्राप्त गर्न नसके सोही दिन अवेर बढी मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने छ ।
भर्खरै सम्पन्न राष्ट्रिय महाधिवेशनमा सगरमाथा अञ्चलबाट केन्द्रीय सदस्यमा निवर्ाचित रामकुमार सभापतिका उम्मेदवार रामु यादवलाई जिताउन खुलेरै प्रचार प्रसारमा उत्रेका छन् ।
यसैबीच मनोनय दर्ता गराएलगत्तै सभापतिका उम्मेदवारले छुट्टै क्याम्प स्थापना गरी मतदाताको खाना तथा बस्ने व्यवस्था मिलाएको छ । उम्मेदवारले मतदातालाई आ-आपmनो पक्षमा तान्न आइतबारबाटै राजविराजस्थित विभिन्न होटलमा बस्ने र खाने व्यवस्था मिलाएको छ । यहाँका सबै होटल उम्मेदवारले बुक गरिसकेका छन् । मतदातासँगै कार्यकर्ताको समेत राजविराजमा ओइरो लागेको छ । संस्थापन र देउवा पक्षबीच क्रियाशील सदस्यता वितरणमा विवाद भएपछि सप्तरीमा जिल्ला अधिवेशन हुन सकेको थिएन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks