Loving nepal news

Sunday, October 31, 2010

प्रधानमन्त्री विजुक्छे निवासमा

मकर श्रेष्ठ

भक्तपुर, कार्तिक १४ - प्रधानमन्त्री माधवकुमार नेपाल अहिले कमलविनायकस्थित नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे निवासमा आइपुगेका छन् ।

बजेट ल्याउन सहमति जुटाउन प्रधानमन्त्री यहाँ आएको बताइएको छ । प्रधानमन्त्रीको साथमा श्रीमती गायत्री र राजनीतिक सल्लाहकार रघुजी पन्त पनि विजुक्छे निवासमा आएका छन् ।

यसैगरी विजुक्छे निवासमा नेमकिपाका सचिव सुनिल प्रजापति, विदेश विभाग प्रमुख प्रेम सुवाल तथा कोषाध्यक्ष चैत्यराज शाक्य छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks