Loving nepal news

Sunday, October 24, 2010

धानजस्तै गहुँ पनि नफल्ने चेतावनी


डडेलधुरा/बैतडी-, कार्तिक ८ - राष्ट्रसंघीय आकस्मिक खाद्य सुरक्षा कार्यक्रमले डडेलधुरा, बैतडी, दार्चुला र बझाङमा बाँडेको बीउबाट उम्रेको धानको बोट सप्रे पनि एउटै गेडा नलागेर किसान बिल्लीबाठमा परिरहेका बेला त्यसै कार्यक्रमले उक्त क्षेत्रमै वितरण गरेको गहँ को बीउ उपयुक्त भएको चेतावनी कृषि विज्ञहरूले दिएका छन् । उनीहरूले वितरित बीउ 'सही नभएको' भन्दै गहँ नफल्ने दाबी गरेका हुन् ।खाद्य संकट रहेका ती जिल्लामा राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओ) ले दोब्बर उब्जनी हुने दाबी गर्दै बीउ वितरण गरेको हो । ती जिल्लामा गौतमी जातको गहुँको बीउ वितरण गरिएको छ ।

बैतडीमा खाद्य संकट भएका पाँच गाविसमा उक्त बीउ बाँडिएको किसानले बताए । जिल्ला कृषि कार्यालय बैतडीले पहाडी क्षेत्रको हावापानी अनुसार डब्लू १२०४ र अन्नपूर्ण जातको गहुँको बीउ वितरणको सिफारिस गरेको थियो तर एफएओले अर्कै बीउ बाँडेको हो । 'हाम्रो सिफारिसअन्तर्गत बाँडिएन,' कार्यालयका वरिष्ठ कृषि विकास अधिकारी रामलखन मण्डलले भने ।

धानको बीउ पनि त्रुटिपूर्ण हुँदा बैतडी, दार्चुला र डोटीका अधिकांश धानबालीमा गेडा लागेको छैन । बझाङको धानखेती भने केही सन्तोषजनक रहेको वरिष्ठ कृषि विकास अधिकृत महेन्द्रप्रसाद चौधरीले बताए । बैतडीका सिद्धेश्वर, सिद्धपुर, बासुलिङ, रौलेश्वर र सिगास गाविसका सयौं किसानलाई गौतमी जातको गहुँको बीउ बाँडिसकिएको छ ।

अन्य ३२ जिल्लामा पनि सोही बीउ बाँड्ने तयारी भइरहेको छ । 'केहीले बीउ छरिसके केहीले लगाएका छैनन्,' सिद्धपुरका किसान लोकबहादुर साउदले भने, धानको नियति हुने डरले धेरैजसो किसानले बीउ लिए पनि स्थानीय परम्परागत बीउ नै छरिरहेका छन् ।' बैतडीकै बासुलिङ गाविसका अर्का अगुवा किसान धनबहादुर चन्दले पनि आफ््नो गाउँका कसैले पनि एफएओले बाँडेको बीउ प्रयोग नगरेको बताए । 'धान दोब्बर फल्ने भनिएको थियो बाला नै लागेनन्, उनले भने, 'गहुँका बीउ धेरैले रोटी पकाएर खाइसके ।'

दार्चुलामा भने कृषि विकास कार्यालयको अडानका कारण डब्लू १२०४ र अन्नपूर्ण जातकै बीउ वितरण गरिएको छ । 'हामीले सुरुबाटै सजग गरायौं,' कृषि अधिकृत राजेन्द्र मिश्रले भने, 'पाँच सय मिटर उचाइमा फल्ने गौतमी जातको सट्टा सबै गाविसमा अन्नपूर्ण जातकै बीउ बाँडिएको छ ।'

एफएओले केन्द्रमै टेन्डर गरी एकमुष्ठ बीउ खरिद गरेका कारण कृषि कार्यालयहरूले गरेको सिफारिस सुनुवाइ नभएको अधिकारीले बताए । धानको बीउ पनि पूर्वी तराई र सुदूरपश्चिमका पहाडी क्षेत्रका लागि एकमुष्ठ खरिद गरिएको कार्यक्रमका एक अधिकारीले बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks