नेताहरुको दसैं
काठमाडौ, आश्विन २९ - दसैंले सबैलाई छोपिसकेको छ । राजनीतिक दलका नेताहरू कोही दसैं मनाउने आआफ्नो योजना बनाउन थालेका छन् भने कसैलाई यसको खासै चासो छैन । दसैंको शुभकामना लिन/दिन र कार्यकर्ता भेटघाटमा नेताको व्यस्तता बढेको छ । पार्टीका संगठनदेखि चिनजानका व्यक्तिका जमघटहरूमा शुभकामना आदानप्रदानमा हिँड्ने प्रमुख नेताहरूको आफ्नो व्यक्तिगत दसैं योजनाचाहिँ कस्ता छन् त ?
टीका लगाउँदैनन् दाहाल
माओवादी नेताहरू दसैंलाई विषेश महत्त्वका साथ मनाउँदैनन् । यथास्थितिबाट अलिक पर रहने उनीहरूको दसैंसम्बन्धी छुट्टै विषेश योजना पनि छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहालको दसैंंमा पनि अन्य बेलाको जस्तौ दैनिकी हुन्छ । 'टीका लगाउने, पूजाआजा गर्ने कार्यक्रम हाम्रो हुँदैन' दाहालका स्वकिय सचिव समिर दाहालले भने, 'सधैजसो कार्यकर्ता, अन्य व्यक्तिहरूसँगको भेटघाट हुन्छ ।' त्यो बेला केही फुर्सद हुने भएकाले दाहाल पनि पुस्तक पढेर बिताउने छन् ।
पूर्ण आराममा कोइराला
कांग्रेस सभापति सुशील कोइराला शनिबारदेखि बुद्धनगरस्थित निवासमा छन्, जहाँ वृद्ध दिदी र भान्जा बस्छन् । जनआन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको निधन भएको वर्ष दिन नपुगेका कारण उनले यसपाला टीका नलगाउने भएका छन् । अघिल्ला दसैंमा उनी दिदी र गिरिजाप्रसाद कोइरालाको हातको टीका थाप्थे । अनि गृहनगर नेपालगन्ज पुगेर पार्टीका
कार्यकर्ता भेट्थे । दसैंमा गृहनगरमा शुभकामना दिंदै कार्यकर्ता भेटघाट गर्ने उनको सोख हुन्थ्यो । भेटघाटबाट फुर्सद मिलेपछि राजनीतिसँग सम्बन्धित पुस्तक र पत्रपत्रिका पढ्ने उनको बानी छ । यसपाली गृहनगर जान पनि उनलाई स्वास्थ्यले साथ दिएन । जवानीमा नयाँ लुगा लगाउने रहर जाग्थ्यो, यतिखेर उनलाई त्यस्ता सोख छैनन् । बिरामी परेकाले उनी जाउलो र झोल खानेकुरा खान्छन् । सभापति निर्वाचन भएलगत्तै निमोनियाका कारण उपचारपछि घर फर्केका कोइरालालाई चिकित्सकहरूले केही समय आराम गर्न सुझाव दिएका छन् । उनका स्वकिय सचिव लक्ष्मण ढकालका अनुसार अनुसार कोइराला दसैंमा पूर्ण आराम गर्नेछन् । त्यस बाहेक उनी केही पुस्तक र पत्रपत्रिका पढ्ने छन् । दसैंभरि नै उनी बुद्धनगर बस्ने छन् । कार्यकर्ता भेटघाट गर्नुपरेमा उनी महाराजगन्जस्थित निवासमा आउने छन् ।
पुस्तकलाई अन्तिम रूप दिँदै खनाल
एमाले अध्यक्ष झलनाथ खनालको दसैं यसपाली राजधानीमा हुनेछ । राजनीतिक वार्ता र छलफलहरूको क्रम पातलिन थालेपछि उनी पुस्तकलाई अन्तिम रूपमा दिनका लागि दसैंको समय उपयोग गर्दैछन् । राष्ट्रिय सहमतिको निकासका सम्बन्धमा विभिन्न राजनीतिक सिद्घान्तहरूलाई केलाएर उनको पुस्तक दसैंपछि लगत्तै बाहिर आउँदैछ । उनको घरमा दसैंमा आफन्त, कार्यकर्ता शुभेच्छुकहरूबीच टीका लगाउने कार्यक्रम हुन्छ । धार्मिक रूपमा पूजापाठ भने उनी गर्दैनन् । आम नागरिकले मनाउने सांस्कृतिक पर्व भएकाले उनी दसैंलाई अन्यथा लिन नमिल्ने उनी बताउँछन् ।
दुर्गा भवानीको पूजामा व्यस्तकांग्रेस संसदीय दलका नेता
रामचन्द्र पौडेल दसैंलागेदेखि बिहान दुर्गा भवानीको पूजा गर्छन् । दसंको योजना बनाउन बाँकी छ तर उनको योजना ८८ वषर्ीया आमा ऋषिमाया पौडेलको हातको टीका थाप्न परिवारसहित नमवीका दिन चितवन जानेछन् ।आमा काइँला भाइ भोजराज पौडेलसँग बस्छिन् ।
टीकाको दिन बसेर भोलिपल्ट गृहनगर दमौली हँदै राजधानी फर्केने उनको योजना छ । राजधानीमा रहँदा पौडेल कृष्णाप्रसाद भट्टराईकोमा टीका थाप्न पुग्थे । अघिल्लो दसैंको अवसरमा महात्मा गान्धी, नेसनल मण्डेला, बिल क्लिन्टनको जीवनी अध्ययन गरेका पौडेल यसपालि पनि त्यस्तै सफल विश्वका नेताहरूको जीवनी र राजनीतिसँग सम्बन्धित पुस्तक पढ्ने सुरमा छन् ।
'यसपाली कुनै नयाँ पुस्तक पढ्दै हुनुहुन्छ कि भन्ने प्रश्नमा पौडेलले थपे, 'राजनीतिक भेटघाट बढी हुने भएकाले किताबतिर मनग्य समय दिन पाएको छैन । तैपनी यो बीचमा 'हाउ टु सल्भ आवर प्रोबलम' नामक एउटा पुस्तक पढ्दैछु ।'
बालुवाटारमै टीका एमालेका नेताहरू भने माओवादीभन्दा अलि फरक छन् । धेरेजसो नेता दसैंलाई परम्परागत रूप शक्तिको पूजा गर्ने पर्वभन्दा पनि सांस्कृतिक पर्वका रूपमा मनाउँछन् । एमालेका वरिष्ठ नेता तथा कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपाल पनि दसैंमा टीका लगाउँछन् । उनका बाबु काठमाडौंमै रहेकाले उनको टीका पनि बालुवाटारमै हुने प्रधानमन्त्रीका एक सहयोगीले बताए ।
झल्कोका लागि एकेडेमिक लेखमा भट्टराई
माओवादीका अर्का नेता डा. बाबुराम भट्टराई पनि दसैं मनाउँदैनन् । परम्परागत ढुंगबाट टीका लगाउने लगायत अन्य गतिविधि उनका कहिल्यै हुँदैनन् । अध्ययनमा विषेश रुची राख्ने उनको दसैंको फुर्सद पनि त्यसैमा बित्नेछ । राजनीतिक भेटघाट र बैठकहरूको चाप कम हुने भएकाले त्यो फुर्सदमा 'झिल्को' पत्रिकाका लागि 'एकेडेमिक' खालको लेख पूरा गर्ने योजना छ । उनका सहयोगी विश्वदीप पान्डेका अनुसार काठमाडौंबाहिर जाने कार्यक्रम पनि छैन ।
विदेशमै दसैं
एमालेका नेता केपी ओलीको दसैं भने यसपाली विदेशमा बित्दैछ । उनी डेढ साताअघि दक्षिण अमेरिकी मुलुकहरूको संगठनको साधारणसभामा भाग लिन अमेरिका पुगिसकेका छन् । तिहारको पूर्वसन्ध्यामा मात्र नेपाल फर्किने गरी विदेश हिंडेका उनको अमेरिकामा रहेका नेपालीहरूसँगका विभिन्न कार्यक्रममा दसैं बित्ने छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks