उदयपुर, आश्विन २० - उदयपुरको बसहा गाविस-४ भोर्लेनीमा मंगलबार राति एक एक युवकको हत्या भएको छ ।
स्थानीय रुकमिणा राईलाई बलत्कार गर्न खोजेको भन्दै गाउँलेको कुटाईबाट ३९ वर्षीय उदिम राईको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका राईको उपचार गर्न लादै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मनोज यादवले वताए ।
राईको हत्यामा संलग्न भएको भन्दै १४ जना स्थानीयलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक यादवले वताए । राई हत्यामा संलग्न भएको आरोपमा स्थानीय बलबहादुर विक, मिलन राई , रामकुमार राईलाई सप्तरीको फत्तेपुरमा पक्राउ गरिएको यादवले वताए ।
त्यसैगरी सितारामा बिष्ट, सागर थापा, शिलास राई, शम्भु परियार, रमेश विक, सिजन राई, भिमकुमार राई, राजन कार्की, चन्दीप विक ,सुन्दर राई र कुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ गरिएका मध्ये बलबहादुर, मिलन र रामकुमार फत्तेपुर प्रहरी चौकी र अन्यलाई इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखिएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यलालयमा ल्याएपछि अनुसन्धान सुरु गरिने प्रहरी नायव उपरीक्षक यादवले वताए ।
मृतका राईको शव पोष्टर्माटमकोलागी जिल्ला अस्पताल उदयपुरमा राखिएको छ । शव पोष्टर्माटमपछि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks