Loving nepal news

Sunday, October 24, 2010

'निर्वाचनको अर्थहीन श्रृङखला अन्त्यबारे प्रमुख दलसंग छलफल गरेर निकास निकाल्छौं'


कान्तिपुर संवाददाता

काठमाडौ, कार्तिक ८ - सभामुख सुवासचन्द्र नेम्वाङ्गले प्रधानमन्त्री निर्वाचनको अर्थहीन श्रृङखला अन्त्य गरि तत्काल देशलाई निकास दिन प्रमुख राजनीतिक दलहरुसंग स्पष्ट रुपमा कुरा गर्ने बताएका छन् । निर्वाचनको असफल श्रृङखला आफूले रोक्न नमिल्ने भन्दै उनले अन्तरिम संविधान संशोधन भए पनि गर्नु र दलहरुले निकास निकाल्नु पर्ने सुझाव दिए ।

क्यानाडाको दश दिने भ्रमण सकेर सोमवार त्रिभुवन अन्तर्राष्टि्य विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै सभामुख नेम्वाङ्गले संविधानसभामा देखिएको विवादमा सहमति जुटाउन गठित उच्चस्तरिय कार्यदललाई अन्यरुपमा नलिन सबैसंग आग्रह गरे । मुलुक संघीयतामा प्रवेश गर्दा केन्द्र र राज्य सरकारबीच उत्पन्न हुने विवाद सुल्झाउने बारे पनि क्यानाडामा छलफल भएको बताए ।भ्रमणको क्रमा उनले त्यहाका कानुन विद्, सभामुखलगायतसंग संघीय प्रणाली र भाषा विवादबारे छलफल गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks