धनकुटा-, कार्तिक ९ - निर्वाचन आयोगले सञ्चालन गरेको तस्वीर सहितको मतदाता संकलन अभियान तत्काल बन्द गरिनु पर्ने माग राख्दै मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले गराएको बन्दका कारण मंगलबार धनकुटाको जनजीवन सामान्य प्रभावित भएको छ ।
आफ्नो आधार क्षेत्रमा आयोगले गराएको मतदाता संकलन अभियान रोक्नु पर्ने भन्दै परिषद आन्दोलनमा उत्रिदैं आएको छ । परिषदले अरुण पूर्वका ९ जिल्लाहरु धनकुटा, तेह्रथुम, संखुवासभा, पाँचथर, ताप्लेजुङ्, इलाम, झापा, मोरङ् र सुनसरीमा बन्दको आव्हान गरेको जनाएको छ ।
कोसी राजमार्गको धरान-धनकुटा सडकखण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन् भने बजार, पसल, शिक्षण संस्था, कलकारखाना समेत आंशिक प्रभावित भएका छन् । धनकुटामा सञ्चालित अमेरीकाको अल्वा हवाई मिसनद्वारा सञ्चालन गरिएको वृहद स्वास्थ्य शिविर भने बन्दले खास प्रभावित पारेको छैन । तर यातायात नचल्दा बाहिरी जिल्लाबाट उपचारका लागि जाने सर्वसाधारण मर्कामा परेका छन् ।
ताप्लेजुङ संवाददाताका अनुसार बन्दका कारण बजार पसल खुलेका छैनन । बन्दले लामो तथा छोटो दुरिका यातायातका साधनपनि चलेका छैनन । बन्दकै कारण क्याम्पस गएका बिद्यार्थीहरु त्यसै फर्किएका छन । निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलन नरोकेको भन्दै परिषदले घोषित लिम्बुवान क्षेत्रमा एक दिने बन्दको आव्हृान गरेको हो । परिषदले सोमबार सांकेतिक बिरोध स्वरुप नौ जिल्लाका नगरपालीका र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks