Loving nepal news

Saturday, October 23, 2010

सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ

कान्तिपुर संवाददाता

कञ्चनपुर, कार्तिक ६ - कञ्चनपुरको कृष्णपुर-४ की एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।

बलात्कृत महिलाको किटानी जाहेरीका आधारमा प्रहरीले कृष्णपुर-४ का वीरबहादुर चौधरी, बलबहादुर चौधरी र कुहिरे चौधरीलाई पक्राउ गरेको हो ।

यही असोज ३१ गते घरमा सुतिरहेका बेला तीनै जनाले सामूहिक बलात्कार गरेको महिलाले प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ । पीडित महिलाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षणपछि बलात्कारमा संलग्न भनिएका ती युवालाई पक्राउ गरिएको हो ।

जिल्ला अदालत, कञ्चनपुरमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ । रासस


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks