Loving nepal news

Monday, October 18, 2010

खुकुरी प्रहारबाट २ को मृत्यु

बेचु गौड
कार्तिक १ - नवलपरासीको दाउन्नेदेवी गाविसमा स्थानीय युवाको समूहले सोमबार राती खुकुरी प्रहार गर्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दान्नेदेवी ७ का २८ वर्षीय सुरेश देवकोटा र २२ वर्षीय मनोज देवकोटा रहेका छन् । उनीहरु दुवै जना लालहरि देवकोटाको छोरा रहेको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ । मादक पदार्थ सेवनगरी ४-५ जनाको समूहमा आएको युवाहरुले अचाक खुकुरी प्रहरी गर्दा दुबैको मृत्यु भएको हो । खुकुरी प्रहार गर्ने समूह फरार रहे पनि प्रहरीले व्यापक खोजी कार्य तिव्र बनाएको छ । देवकोटाको घर अगाडि आएर ति युवाहरुले होहल्ला गरेपछि देवकोटा दाजुभाइले होहल्ला नगर भन्दा विवाद भएपछि खुकुरी प्रहार गरेको जनाइएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks