रासस
हेटौँडा, आश्विन १६ - प्रधानमन्त्री माधवकुमार नेपालले एमाले र माओवादीबीच भएको सम्झौताले मुलुकको वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका छन् ।
एमालेका कार्यकर्तालाई शनिबार हेटौँडामा सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले शनिबार हुने सेना समायोजन विशेष समितिको बैठकमा माओवादी लडाकूका विषयमा सहमति हुने विश्वास व्यक्त गरे ।
'यी संझौताहरुको कार्यान्वयनबाट माओवादीको भनाइ र गराइको मूल्याङ्कनसमेत हुँदैछ' उनले भने ।
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने सवालमा माओवादीका क्रियाकलाप बाधक रहेको बताउँदै प्रधानमन्त्री नेपालले माओवादीमा हतियार र लडाकू मोह अझै रहिरहेको बताए । उनले जुनसुकै बखत हतियार उठाउन सक्ने र हतियारको गलत प्रयोग हुनसक्ने हुँदा सबैलाई सजग हुन आग्रह समेत गरे ।
मुलुकको प्रमुख समस्या शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउने र संविधान निर्माण गर्ने रहेको बताउँदै उहाँले राजनीतिक दलहरु यसतर्फगम्भीर हुन नसकेको आरोप लगाउनुभयो ।
प्रधानमन्त्री नेपालले अहिले सरकार बन्न नसक्नु र मुलुक अन्योलतातर्फ धकेलिनुको जिम्मेवारी प्रधानमन्त्रीको राजीनामा दिन दबाब दिनेहरुले लिनुपर्ने पनि बताए ।
उनले प्रधानमन्त्रीका एक्ला उम्मेदवार रामचन्द्र पौडेलले आफूले उम्मेदवारी छोड्नुपूर्व वर्तमान समस्या समाधान निष्कर्षको खाका आउनुपर्ने भनी राखेको अडान जायज भएको पनि बताए ।
एमाले मकवानपुरका अध्यक्ष रामेश्वर रानाको सभापतित्वमा भएको कार्यक्रममा पोलिटब्युरो सदस्य काशीनाथ अधिकारी, एमाले मकवानपुर उपाध्यक्ष मुनु सिग्देललगायतले बोलेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks