Loving nepal news

Friday, October 29, 2010

अवैध मदिरा नष्ट गरेकोमा आदिवासी जनजाति महासंघ पाल्पाको आपत्ति

माधब अर्याल

पाल्पा , कार्तिक १२ - गाउँघरमा बनाइएको घरेलु अवैध मदिरा नष्ट गरेकोमा नेपाल आदिवासी जनजाति महासंघ पाल्पाले आपत्ति जनाएको छ ।

शुक्रवार तानसेनमा पत्रकार सम्मेलन गरी महासंघले दसै तिहार चाडको चहलपहल उत्कर्षमा पुग्दै गरेको अवस्थामा निम्तो मान्न हिडेका र उपहार स्वरुप घरेलु मदिरा लिएर हिडेको अवस्थामा पक्राउ गरी नष्ट गरेको जनाएको हो । तर, प्रहरी नायव उपरीक्षक पवन गिरीले भने आफुहरुले उपहार स्वरुप लग्दै गरेको नभई व्यवसायिक विक्री वितरणमा हिडालेको गाउँघरमा बनाइएको अवैध मदिरा नष्ट गरेको बताए ।

उनले भने, 'हामीले कसैको पनि आफ्नो मान्छे कहाँ निम्तो मान्न जाने क्रममा ल्याएको घरेलु मदिरा नष्ट गरेका छैनौ' महासंघले घरेलु मदिरा प्रहरीले जर्वजस्ती खोसी जफत गरी नष्ट गरेकोमा गम्भीर बनाएको प्रेस विज्ञप्तीमा जनाएको छ । विज्ञप्तीमा भनिएको छ, 'आदिवासी जनजातिहरुको प्रत्येक घरमा मदिरा बनाईनु परम्परा र संस्कृतिगत हो । त्यसको साथै सामान्य जीवन निर्वाहको लागि त्यसलाई केहि मात्रामा उपहार दिने चलन चलेको कहियौं वर्ष भैसकेको छ ।'

महासंघले निकालेको विज्ञप्तिमा राज्य पक्षको यस्ता कृयाकलापबाट परम्परासंगै धानिदै आएकालाई समस्या पार्ने बताइएको छ । 'अन्र्तराष्ट्रिय श्रम महासन्धी न १६९ सरकारले अनुमानेदन गरेको कानुन, राज्यले कानुनःत अध्ययन गरी आदिवासीको परम्परा र संस्कृतिमाथि ध्यान पुर्याओस् ।' विज्ञप्तीमा चेतावनी दिइएको छ ।

महासंघका अध्यक्ष गमबहादुर थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपाल मगरसंघका अध्यक्ष बलबहादुर राना, नेवा देय दवूका अध्यक्ष त्रिरत्न शाक्य, नेपाल कुमाल समाज सुधार समितिका अध्यक्ष टोप कुमाल, भुजेल समाज सेवा समितिका अध्यक्ष मधुसुदन घर्ती, बोटे सेवा समाजका अध्यक्ष शान्ती माझी, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष सौन्दर्यवती शाक्य, आदिवासी जनजाति पत्रकार महासंघका राजकुमार आले, आदिवासी जनजाति विद्यार्थी संघका तेजबहादुर कुमाल र नेपाल मगर विद्यार्थी संघका अध्यक्ष तिलक खाम्चा मगरले समर्थन गरेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks