Loving nepal news

Saturday, October 23, 2010

आयात बढेर सस्तियो चिनी

सुजित महत

काठमाडौ, कार्तिक ७ - अर्थशास्त्रको एउटा नियम छ, जति माग बढ्छ, उति सामानको मूल्य पनि बढदै छन् । तर यहाँ चिनीको सबालमा अर्थशास्त्रको नियम पनि फेल खाएको छ । किनकि मुलुकमा मागभन्दा ५० हजार टन चिनी अपुग भए पनि मूल्य भने घटिरहेको छ ।

अत्यधिक चोरी पैठारीका कारण यस्तो भएको हो । 'पोहोर यही बेला किलोको ९० रुपैयाँ थियो,' पुरानो बानेश्वरकी संगीता माझीले भनिन्, 'यसपालि ६५ रुपैयाँमा पाइएको छ ।'

मुलुकमा वर्षमा १ लाख ५० हजार टनभन्दा बढी चिनी खपत हुने अनुमान छ । गत मौसम चिनी उत्पादन हुने मंसिरदेखि चैत महिना) मा स्थानीय उद्योगहरूले पुगनपुग ८० हजार टन चिनी उत्पादन गरेका थिए । साल्ट ट्रेडिङ कर्पोरेसनले १६ हजार टन जति आयात गरेको छ । थप २ हजार टन चिनी भित्रिने क्रममा रहेको जनाउँदै कर्पोरेसनका महाप्रबन्धक उर्मिला श्रेष्ठले अध्ािक खपत हुने तिहार

र छठ पर्वमा चिनी अभाव नहुने बताएकी छन् ।

गत मौसममा भारतमा अनुमान गरिएभन्दा निकै बढी उत्पादन भएकाले यहाँ चिनी सस्तिएको इन्दुशंकर चिनी उद्योगका प्रबन्ध निर्देशक राजेश केडियाले जनाए । उनका अनुसार १ करोड ४५ लाख टन अनुमान गरिएको भारतमा १ करोड ८८ लाख टन उत्पादन भएको थियो । चिनी अभाव हुने अनुमानमा शून्य भन्सारमा आायात सुविधा दिइएकाले भारतमा ५० लाख टन चिनी आयात भएको थियो । २ करोड १० लाख टन खपत हुने भारतमा अधिक चिनी थुपि्रएकाले मूल्य सस्तिएको थियो । 'सीमापारि सस्तिएपछि चोरी पैठारीमार्फत चिनी भित्रियो,' उनले भने ।

भारतले चिनी निर्यातमा बन्देज लगाएको कारण मूल नाकाबाट चिनी भित्रिँदैन । सीमावर्ती क्षेत्रमा संकलन गरी छोटी भन्सारमार्फत केही परिमाणमा चिनी राजश्व तिरेर आयात भएको वीरगन्ज भन्सारका प्रमुख लावण्य ढकालले बताए ।

भारतीय चिनीको कारण उपभोक्ताले राहत पाए पनि उद्योग चाहिँ मर्कामा परेको लुम्बिनी सुगर मिलका प्रबन्ध निर्देशक मनिष अग्रवाल बताउँछन् । गत वर्ष उखुका लागि उद्योगहरूले किसानले भनेको मूल्य तिरेका थिए । पूर्व र मध्य क्षेत्रमा एक क्विन्टल उखुका लागि सुरुमा ४ सय १ रुपैयाँ मोल निर्धारण गरे पनि वृद्धि गरी ४ सय २१ रुपैयाँ पुर्‍याउनुपरेको थियो । तर उखु तानातान भएपछि ४ सय ५० भन्दा बढी पनि तिर्नुपरेको मामकौर सुगर मिलका सञ्चालक सन्दीप गाडिया बताउँछन् ।

पश्चिम क्षेत्रमा त उखुको मूल्य नै निर्धारण हुन सकेन । कटानीको सुरुमै एक क्विन्टल उखुका लागि ४ सय रुपैयाँ तिरेका पश्चिमका उद्योगहरूले मौसमको अन्ततिर ६ सय रुपैयाँसम्म तिरेको अग्रवालले बताए । 'हामील्ो चिनीको मूल्य ८० रुपैयाँको हाराहारीमा पाउने आसमा त्यतिका मूल्य तिरेका थियौं,' उनले भने, ' तर अधिकतम ६० रुपैयाँ मात्र पाइयो ।' उखुको मूल्यअनुसार एक किलोको कम्तीमा ७० रुपैयाँ पाउनुपथ्र्यो भन्ने उनको भनाइ छ । हाल मूल्य अभिवृद्धि कर -भ्याट) बाहेक ५२ रुपैयाँमा चिनी बिक्री गरिरहेको उद्यमीहरू बताउँछन् । चिनीको स्थानीय मूल्य भारतीय बजारले निर्धारण गर्ने भएकाले चिनीको उत्पादन अनिश्चित हुने गरेको छ । केही वर्षअघि नै मुलुक चिनीमा आत्मनिर्भर हुने नजिक पुगेको थियो । तर भारतमा अधिक उत्पादन भई चोरी पैठारीमार्फत भित्रिएको कारण चिनीको मोल

घट्यो । चिनीको मोल घटेपछि उखुको मोल स्वतः घट्छ । मोल घटेपछि उखु खेती घटेर चिनी उत्पादनपनि घट्छ ।

'गत मौसममा किसानले राम्रो मोल पाइएकाले यसपालि उखु खेती बढेको छ,' नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली भन्छन्, 'तर मोल पाइएन भने पुनः उत्पादन घट्छ ।'

यसपालि उखुका लागि पोहर जति मोल दिन नसक्ने गाडिया बताउँछन् । 'चिनीको अहिलेको मूल्यअनुसार पोहरभन्दा १ सय रुपैयाँ प्रतिक्विन्टल घटी मूल्यमा पनि उखु खरिद गर्न नसक्ने अवस्था छ,' उनले भने । सरकारले किसान र उद्योगलाई बचाउने भए चिनीमा भ्याट छुट दिनुपर्ने उद्यमीहरू बताउँछन् । भारतमा चिनीमा प्रतिकिलो ९४ भारतीय पैसा

-डेढ रुपैयाँ) अन्तःशुल्क तिरे पुग्छ । तर यहाँ प्रतिकिलो चिनीमा ७ रुपैयाँ जति भ्याट तिर्नुपर्छ । भ्याट छुट पाउने हो भने स्थानीय उत्पादनको लागत घट्न गई चोरी पैठारी नियन्त्रण हुने गाडिया बताउँछन् । चिनीमा दिइँदै आएको ५० प्रतिशत भ्याट छुट गत आर्थिक वर्षको बजेटमार्फत कटौती गरिएको थियो ।

गत मौसमकै ४० लाख क्विन्टल चिनी मौज्दात रहने अनुमान गरिएको भारतमा आगामी मौसममा २ करोड टनभन्दा बढी चिनी उत्पादन हुने अनुमान छ । 'भ्याट छुट नदिने हो भने उद्योग संकटग्रस्त हुनेछन्,' केडियाले भने, 'उद्योग संकटमा परे पछि किसानपनि डुब्ने छन् ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks