काठमाडौं, कार्तिक ८ - भारतीय राजदूत राकेश सूदमाथि जुत्ता प्रहार गरिएकोबारे अध्ययन गर्न गृह मन्त्रालयले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।
'घटनाको सम्वन्धमा यथार्थ छानबिन गरी गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्न र घटनामा संलग्न व्यक्तिहरुको बारेमा सुक्ष्म अध्ययन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको छ,' गृहको विज्ञप्तीमा उल्लेख छ ।
गृह मन्त्रालयले कुटनीतित्रहरुको सुरक्षामा चासो दिन पनि सुरक्षा निकायलाई निर्देशन दिएको छ । असोज २० गते सोलुखुम्बुको एक कार्यक्रममा सहभागी हुन गएका भारतीय राजदूत सूदमाथि पूर्व मन्त्री तथा माओवादी पोलिटब्युरो सदस्य गोपाल किराँतीको नेतृत्वको माओवादी समूहले जुत्ता प्रहार गरेको थियो ।
उक्त घटनाबारे गृह मन्त्रालयले असोज २६ गते विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks