Loving nepal news

Tuesday, October 5, 2010

अपहरित अर्का बालक पनि मृत फेला * प्रहरीले गाडिएको शव झिक्यो * बिरोधमा बाँकेका विद्यालय बन्द


जनक नेपाल

नेपालगन्ज, आश्विन २० - अपहरणकारीले १० लाख फिरौति लिएर पनि विद्यार्थी कपिल द्विवेदीको हत्या गरेको छ । उनको शव जिल्ला प्रहरी कार्यालयदेखि ७ सय मिटर पर खेतमा गाडिएको अवस्थामा प्रहरीले बुधवार बिहान उत्खनन् गरेर निकालेको छ ।

द्विवेदी र लिलाधर भट्टको अपहरण र हत्यामा संलग्न मुख्य अभियुक्त मेराज अहमद साईलाई प्रहरीले मंगलवार राती उनकै घरबाट पक्राउ गरेपछि उनको हत्या पुष्टि भएको हो । प्रहरी नायव उपरीक्षक विनोद घिमिरेको नेतृत्वमा सर्चमा गएको प्रहरी टोलीले भूमिगत गिरोहका नाइके मेराजलाई उनकै घरबाट पक्राउ गरेको हो । मेराजसहित पाँच जनालाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए ।

इद्रपुर-७ स्थित खेतबिचको तलाउ नजिक अपहरणकारीले विद्यार्थी द्विवेदीलाई गाडेका थिए । उनको घाँटी रेटिएको र दायाँ खुट्टामा गहिरो चोट लागेको छ । शव हेर्दा मुखमा कपडा कोचेर उनको घाटी रेटिएकोजस्तो देखिएको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए । हत्या पनि किशोरलाई सवाङ नग्न बनाएर गाडिएको थियो ।

शव खोजी तथा चिहान उत्खनन्मा बाँकेमा कार्यरत पत्रकार, मानवअधिकारकर्मी, प्याब्सन अध्यक्ष कमला डिसी र स्थानीय बासिन्दाको बाक्लो उपस्थिती थियो । गत विहिवार द्विवेदीसंगै अपहरणमा परेका उनका साथी लिलाधर भट्टको भने सोमवार खासकारकाँदोमा शव भेटिएको थियो । द्विवेदी र भट्ट वागेश्वरी उच्च मा.विमा कक्षा १० मा अध्ययनरत थिए ।

प्ाक्राउ परेका मेहराजले आफुले बालकका आफन्तसंग फिरौतिबापत १० लाख बुझेको रात अस्ति नै बालकको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

विद्यार्थी हत्याको विरोध र शोकमा बुधवार पनि बाँकेका सवै विद्यालय वन्द गरिएका छन् । विभिन्न शिक्षक संघ-संगठनहरुको आव्हानमा विद्यालय बन्द गरिएको हो । विद्यार्थी हत्यापछि आक्रोसीत वनेका शिक्षक संघ संगठन एवं विद्यार्थी संघ संगठनहरुले विद्यार्थी सुरक्षाका बिषयमा छलफल गर्न दिउँसो बैठक बस्दैछन् । ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks