Loving nepal news

Sunday, October 10, 2010

लक्ष्मण थारू गेस्टहाउसबाट युवतीसहित पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौ, आश्विन २५ - थरूहट आन्दोलनका अगुवा नेता लक्ष्मण थारूलाई प्रहरीले 'अनैतिक क्रियाकलाप गरेको' अवस्थामा फेला पारी राजधानीको एक गेस्टहाउसबाट युवतीसहित आइतबार पक्राउ गरेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका अध्यक्ष थारूलाई बागबजारस्थित श्री गणेश गेस्टहाउसबाट बिहान दोलखाकी राधिका मगरसहित पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले होटलकी सञ्चालिका पार्वती पुरीलाई पनि नियन्त्रणमा लिएको छ ।

३५ वषर्ीय थारू संविधानसभा निर्वाचनअघि माओवादीमा विद्रोह गरेर थारू आन्दोलनमा लागेका थिए । 'एक मधेस एक प्रदेश' को मागसहित उर्लेको मधेस आन्दोलनको विरोधमा उनले पश्चिम नेपालमा थारू आन्दोलन चर्काएका थिए । मञ्चका तर्फबाट संविधानसभामा दुई सभासद थिए । तर मञ्च दुई महिनाअघि फुटेपछि एकमात्र सभासद छन् । थरूहट स्वायत्त राज्य परिषद्का संरक्षक रहेका उनले तिहारपछि तराईमा आन्दोलन चर्काउने चेतावनी दिएका थिए । केही समयअघि मधेसी जनअधिकार फोरम र थारूले संयोजन गरेको थरूहट संघर्ष समितिबीच स्वायत्त प्रदेशका लागि पाँचबुँदे सहमति भएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks