पोखरा, आश्विन ३० - 'धवलागिरि प्रथम' आरोहणमा गएका जापानी नागरिक मृत फेला परेका छन् ।
यही असोज १३ गते उक्त शिखर आरोहणमा गएका जापानी नागरिक दाइसुके होन्डा हिमपहिरोमा परी बेपत्ता भएका थिए ।
होन्डासँगै गएका अन्य तीनजना जापानी र पथप्रदर्शक पासाङगेलुङ शेर्पा भने अहिलेसम्म भेटिएका छैनन् । पहिरोमा परेकाहरूको खोजीका लागि गएको टोली सफलता हात नलागेपछि फर्केको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका निरीक्षक महेन्द्र बिकले बताउनुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks