Loving nepal news

Wednesday, October 27, 2010

नेपालीलाई सियोलको सम्मानार्थ नागरिकता


राजेश कोइराला

अमेरिका, कार्तिक १० - नेपाली इन्जिनियरलाई दक्षिण कोरियाको राजधानी सियोलले बुधबार सम्मानार्थ नागरिकता प्रदान गरेको छ । सियोलको वैभव वृद्धिमा मद्दत गरेवापत इन्जिनियर तेन्जी शेर्पा सम्मानित भएका हुन् ।

उनले सियोल नेसनल युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङ गरेका हुन् । शेर्पा गैरआवासिय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव पनि हुन् । उक्त संघमार्फत उनी विदेशमा नेपाल र नेपालीको प्रवर्ध्दनका लागि सक्रिय छन् ।

सन् १९६७ जुलाई १५ मा जन्मेका तेन्जी कोरियामा बस्छन् । शेर्पासहित सम्मान हुने १३ देशका १७ नागरिक छन् । सन् १९५८ यता सम्मान गर्दै आएको सियोलले ६ सय ४९ सम्मानार्थ नागरिकता प्रदान गरिसकेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks