लमजुङ, आश्विन २२ - नौं दिनदेखि बेपत्ता माओवादी लमजुङका कार्यालय सचिब देवेन्द्र पौडेल शुक्रबार अस्वस्थ अवस्थामा भेटिएका छन् ।
यही असोज १४ गतेदेखि बेपत्ता पौडेल शुक्रबार स्वयं तनहुँको सत्रसयमा आफन्तको घरमा पुगेका थिए । उनी आफन्तकोमा पुगेको खबर पाउन साथ पार्टीका जिल्ला नेता, परिवारजन र प्रहरी सत्रसय पुगेको थियो ।
उनलाई शुक्रबार साँझै उपचारका लागि जिल्ला सामुदायिक अस्पतालतर्फ ल्याउँदै गरेको पौडेलका श्रीमति विष्णु विकले बताइन् । पौडेलको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएकाले घटनाको बारेमा केही थाहा हुन नसकेको उनले बताइन् । 'उहाँको स्वास्थ्य अवस्था अत्यन्त नाजुक छ' विकले भनिन्, 'केही बोल्नुभएको छैन, पहिले उपचार गरेपछि मात्र हामी अरु विषय बुझ्ने छौं ।' पौडेल सत्रसयसम्म गाडीमा नै आएका थिए । तर, कुन गाडीमा कसले ल्याइदिए भन्ने बारे भने थाहा हुन सकेको छैन ।
पौडेलका बाबु ठाकुरप्रसादले भने छोराको अपरिचित व्यक्तिबाट अपहरण भएको बताउँदै स्वास्थ्यस्थिति ठिक भएपछि सवै जानकारी हुने बताए । गत १४ गते दिउँसो छिमेकी जिल्ला तनहुँको डुम्रे पुगरे फर्कन्छु भर्न्दै निस्केपछि उनी सोही दिनदेखि सम्पर्क विहीन भएका थिए । सोही दिन उनको मोबाइलले अन्तिम पटक नवलपरासीको कावसतीको टेलीफोन टावर टिपेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks