Loving nepal news

Monday, October 18, 2010

भारतीय भूमिमा नेपालीको शव फेला

रासस

महोत्तरी, कार्तिक २ - महोत्तरी जिल्लाको सीमावर्ती भारतीय भूमि भिट्टामोडमा सोमबार दिउँसो एक नेपाली पुरुषको लाश फेला परेको छ ।

नाम, थर केही खुल्न नसकेको उक्त पुरुषको लाश भारतको भिट्टामोडस्थित भन्सार कार्यालय नजिक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

भारतीय सीमावर्ती प्रहरीले दिनहुँ नेपालबाट भारतमा नसालु औषधि र सुई लिन आउने व्यक्तिको आइरो लागेकोले मृतक पनि त्यसै प्रकृतिका हुनसक्ने अनुमान गरेका छन् ।

भारतीय प्रहरीहरूले मृतकको मृत्युको कारणबारे स्पष्ट जानकारीका लागि लाश पोस्टमार्टम गर्न नजिकको सहर सुरक्षामा पठाएका छन् ।

महोत्तरीको सदरमुकाम जलेश्वरबाट पाँच किलोमिटर दुरीमा रहेको भारतीय सहर भिट्टामोडमा दिनहुँ करिव दुईसय नेपाली नसालु पदार्थ सेवनका लागि जाने गर्दछन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks