Loving nepal news

Wednesday, October 6, 2010

समायोजन र पुनर्स्थापना कार्ययोजना बनेन

कान्तिपुर संवाददाता


काठमाडौं, आश्विन २१ - चार दिनभित्र माओवादी लडाकु समायोजन र पुनर्स्थापना कार्ययोजनालाई अन्तिम रुप दिने निर्णय गरिए पनि सदस्यहरुबीच औपचारिक बैठकसमेत बस्न सकेको छैन ।

माओवादी लडाकुको रेखदेख, समायोजन र पुनर्स्थापनासम्बन्धी विशेष समितिको शनिबारको बैठकले कार्यदल गठन गरेर चार दिनभित्र कार्ययोजनालाई अन्तिम रुप दिने निर्णय गरेको थियो । कार्यदलका माओवादीतर्फका सदस्य वर्षमान पुन उपस्थित नभएपछि औपचारिक बैठकसमेत बस्न नसकेको हो ।

विशेष समितिले एमाले महासचिव ईश्वर पोखरेल, माओवादीका पुन र कांग्रेसका रामशरण महत सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको थियो । माओवादी नेता पुन शिविरका लडाकुलाई प्रशिक्षण दिन र उनीहरुको मत बुझ्नमै व्यस्त रहेकाले बैठक बस्न नसकेको हो । माओवादीबाट मंगलबार विशेष समिति सदस्य जनार्दन शर्मा उपस्थित भइ केहीबेर कार्यदलको अनौपचारिक बैठक बसेको थियो ।

'शर्माजीले आफू कार्यदलको सदस्य नभएकाले कुनै निर्णय लिन नसक्ने बताउनुभयो, पुनजी सम्पर्कमै हुनुहुन्न,' कार्यदलका एक सदस्यले कान्तिपुरसित भने । विशेष समितिमातहत माओवादी लडाकुको कमाण्ड कन्ट्रोलका लागि गठित सचिवालयको पनि अहिलेसम्म संयोजक तोकिएको छैन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks