Loving nepal news

Monday, October 4, 2010

दशैं अगाडि सरकार बन्दैनः प्रधानमन्त्री

लीलावल्लभ घिमिरे

विराटनगर, आश्विन १९ - प्रधानमन्त्री माधवकुमार नेपालले दशैं अघि नयाँ प्रधानमन्त्री चयन हुन नसक्ने बताएका छन् । 'भोलि पनि देशले नयाँ नेतृत्व पाउँदैन,' मंगलबार प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने-'भोलिपनि पहिला जे भएको थियो त्यही हुन्छ ।'

उनले प्रधानमन्त्रिका उम्मेदवार रामचन्द्र पौडेललाई अहिलेकै स्थितिमा उम्मेदवारी फिर्ता लिन एमालेले नभनेको भन्दै उनले सहमति भएपछि मात्र उम्मेदवारी फिर्ता लिन सकिने बताए ।

'अव दशैं आइ सक्याे, बरु हामीहरु यो चाड नै नमनाइ समस्याको समाधानमा लाग्छौ, दशैं सकिना साथ नयाँ सहमति बन्ने आशा र विश्वास मैले लिएको छु,' उनले भने, 'तर भोलिका पत्रिकामा दशैंपछि सहमति हुन्छ भन्ने हेड लाइन नबनुन्, मैले आशा मात्र गरेको हुँ ।' शान्ति प्रकृया र संविधानको ताल्चाको साँचो माओवादी र सरकारको साचो कांग्रेससंग रहेको बताउँदै उनले भने, 'साचो जसको हातमा छ उसले खोल्नु पर्‍यो ।' प्रधानमन्त्री नेपालले कांग्रेसको सहभागिता र माओवादीको सहमति विनाको सरकारको कल्पना अव गर्न नसकीने वताए ।

निर्वाचन स्वतन्त्र र निस्पक्ष बनाउन निर्वाचन आयोगले फोटो र औंठा छाप सहितको मतदाता नामावली संकलन गर्ने कार्यलाई सबैले सहयोग गनुपर्नेमा प्रधानमन्त्री नेपालले जोड दिए । उनले अहिले नागरिकता नहुनेले आत्ति हाल्नु पर्ने अवस्था नरहेको बताउँदै नागरिकता लिनमा कुनै कठिनाइ भए त्यसलाई संशोधन गर्न सकिने वताए । प्याकेजमा सहमति हुन सके शक्ति बाँडफाँडका आधारमा सरकार बनाउनु पर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री नेपालले अर्थतन्त्रलाई राजनीतिले बन्धक बनाउन नहुने बताउदै राजनीतिकै कारण अर्थतन्त्र धराशायी भएको टिप्पणी गरे । सहमति गरेर सरकार पनि गठन गर्न नसक्ने र कामचलाउ सरकार भन्दै वर्तमान सरकारलाई बजेट ल्याउन पनि नदिने हो भने अर्थतन्त्र तहस नहस हुने र त्यसलाई राज्यले थेग्न नसक्ने उनको कथन थियो ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks