दोलखा , कार्तिक ६ - दोलखाको जिरीबाट काठमाडौंतर्फ छुटेको बा२ ख ३५७२ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
यात्रु लिएर शनिबार आठ बजे छुटेको बस बिहान साढे ९ बजे दोलखा नाम्दुस्थित बुस्तीमा दुर्घटना भएको हो । गम्भीर घाएते भएका आठ जनालाई सदरमुकाम चरिकोटमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी धिरप्रताप सिंहले बताए ।
सडकबाट एक बल्ङ्याङ पल्टिएको अरनिको यातायात सेवा समितिको बस आरोलोमा तीव्र गति भएकोले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रहरीको अनुमान छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks