पवन यादव
बारा, कार्तिक ७ - विनाविभागीय मन्त्री लक्ष्मणलाल कर्णले सदभावना पार्टीको एकल सरकार भए सवै राज्य संयन्त्रमा मधेसीलाई मात्र नियुक्त गर्ने बताएका छन् ।
आइतबार कलैयामा सदभावना पार्टी बाराले आयोजना गरेको एक कार्यक्रममा पार्टी सह-अध्यक्षसमेत रहेका कर्णले भने, 'पहाडी शासनको कारण मधेसीहरु अगाडी बढ्न सकेका छैनन्, सदभावना पार्टीको एकल सरकार भए सबै पदमा मधेसीको मात्र नियुक्ति हुन्छ ।' उनले पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म 'एक मधेस एक प्रदेस' बनाउने बताए ।
कार्यक्रम उदघाटन गर्दै पार्टी अध्यक्ष एवम् आपूर्ति मन्त्री राजेन्द्र महतोले ठूला तीन दलका कारण शान्ति प्रकृया तथा संविधान धरापमा पर्दै गएको आरोप लगाए । महतोले माओवादी, एमाले र कांग्रेसले पार्टीगत स्वार्थ नत्यागेसम्म निकास ननिस्कने बताए ।
ठुला दलका हठका कारण सरकार नबनेको बताउँदै उनले भने, 'दलहरुमा विचारको सबभन्दा ठुलो संकट छ ।' संविधान नबनेमा मधसीको अधिकार प्राप्त नहुने र अधिकारको लागि अन्तिम धक्काको आवश्यकता रहेको उनको भनाइ थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks