Loving nepal news

Saturday, October 9, 2010

प्रधानमन्त्रीको निर्वाचनले मुलुककै उपहास गरेको छः खनाल

काठमाडौ, आश्विन २३ - एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीको जारी निर्वाचन लज्जास्पद भएको बताएका छन् । शनिबार राजधानीमा आयोजित दसैको शुभकामना आदानप्रदान कार्यक्रममा खनालले कहिल्यै नटुंगिने प्रधानमन्त्रीको निर्वाचनले मुलुककै उपहास गरेको टिप्पणी गरे ।व्यवस्थपिका संसदको नियमावली नै त्रुटीपूर्ण भएकाले त्यो नसच्याए सम्म मुलुकले निकास नपाउने उनले उल्लेख गरे । कांग्रेस उमेद्धार रामचन्द्र पौडेल प्रधानमन्त्रीमा निर्वाचत भए सिंहदरबारमा एउटा फोटो थपिने बाहेक कुनै उपलब्धी नहुने बताए ।

प्रधानमन्त्रीका एक्ला उमेद्धार पौडेलको प्रधानमन्त्रीको दौड गन्तव्यहिन यात्रा भएको खनालले बताएका छन् । कांग्रेसका कारण मुलुक अनिर्णयको बन्दी बनेकाले सहमतिय राजनीतिको विकलप नभएको उनले जोड दिए । यस्तै अवस्था जारी रहे संविधान सभा विघटन गर्ने प्रतिगामी तत्व सक्रिय रहने आफ्नो भनाइलाई मिडियाले बङयाएको भन्दै आक्रोस पोखेका खनाल संचारमाध्यम प्रति आक्रामक रुपले प्रस्तुत भए । उनले मिडियामा माफिय घुसेकाले लोकतन्त्रमाथि नै खतरा बढेको टिप्पणी गरे ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks